जिविकोपार्जन सहयोगार्थ निड्स नेपालद्धारा किसानलाई बाख्रा वितरण

महेन्द्रनगर । कञ्चनपुरस्थित सामाजिक संस्था निड्स नेपालले जिविकोपार्जन सहयोगार्थ किसानलाई बाख्राका पाठी वितरण गरेको छ ।


मर्सिकोरसँगको साझेदारीमा सञ्चालित सामुदायको बाढी उत्थानशिलता मापन कार्यक्रम अन्तरगत सोमबार कृष्णपुर २ नयाँवस्तिका ५ जना किसानलाई चार वटा बिउ पाठी वितरण गरको हो । कार्यक्रम संयोजक नविन भट्टले बिउ पुजीको रुपमा किसानलाई बाख्रा वितरण गरेको बताए ।

उनका अनुसार परियोजनाले कृष्णपुर र दोधराचाँदनी नगरपालिकामा सञ्चालन भईरहेको छ । बाख्रा वितरण कार्यक्रममा वडाध्यक्ष अर्जुन साउद , विपद व्यवस्थापन समिति सदस्य लगायतको सहभागीता रहेको थियो । निड्सले विपद्को उच्च जोखिम रहेका सामुदायलाई विपद्को जोखिम न्युनिकरणसँगै व्यवस्थापनबारे पनि निड्सले सहयोग गर्दै आईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्