निड्स नेपालद्धारा सशस्त्र प्रहरीलाई बाढी उद्धार सामाग्री हस्तान्तरण

महेन्द्रनगर । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपालले सशस्त्र प्रहरीलाई उद्धार सामाग्री हस्तारण गरेको छ । । आईतबार दोधारा चाँदनी नगरपालिकास्थित सशस्त्र प्रहरीको बिओपीलाई निड्स नेपाल कञ्चनपुरले उद्धार सामग्री हस्तान्तरण गरेको हो ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ३ स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट(बिओपी), देबिस्थानलाई झण्डै रु. १ लाख बढीको बाढी उद्धार सामाग्री हस्तान्तरण गरिएको निड्स नेपालका कार्यक्रम संयोजक नविन भट्टले बताए । उक्त सामाग्री दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलगायतको टोलीले बिओपी प्रमुख प्रबिन फु¥याललाई हस्तान्तरण गरे ।


मासिंकोरसँगको साझेदारीमा सञ्चालित सामुदायको बाढी उत्थानशिलता मापन कार्यक्रम अन्तरगत निड्सले उद्धार सामाग्री सहयोग गरेको कार्यक्रम संयोजक भट्टको भनाई छ ।
हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, कार्यपालिका सदस्य लगायत निड्स नेपालका अधिकारीहरुको सहभागीता रहेको थियो ।
निड्स नेपालले विभिन्न दातृनिकायसँगको सहकार्यमा विपद् जोखिम न्युनिकरणमा सहयोग गर्दै आईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्