महेन्द्रनगरमा खुल्याे केडी अटो मोबाईल्स, मन्त्री रावलले गरे उद्घाटन

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा  केडी अटो मोबाईल्सले हाेण्डा स्वरुम सञ्चालनमा ल्याएकाे छ ।  सोमबार भीमदत्त नगरपालिका ३ भाँसीमा केडी अटो मोबाईल्स स्वरुम खुलेको हो ।
 भागेश्वर ग्रुफले होण्डा कम्पनीका मोटरसाईकल तथा स्कुटी बिक्रि बितरणका लागि अटो मोबाईल्स स्वरुम संचालनमा ल्याएको हो । 
अटो मोबाईल्सकाे  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले  उद्घाटन गरे । हाेण्डा पुरानाे र विश्वनिय कम्पनीकाे रुपमा स्थापित रहेकाे बताउँदै सहज र सशुल सेवामा जाेड दिए । 
भागेश्वर ग्रुफका संचालक भोजराज भट्टले ग्राहको माग अनुरुप मोटरसाईकल र स्कुटी संचालनमा ल्याएको बताए । पहिलो दिन दर्जनौँ स्कुटी मोटरसाईकल बिक्रि भएका छन । महेन्द्रनगरमा हाेण्डाकाे स्वाेरुप यस अघिबाट नै सञ्चालनमा अहिले भागेश्वर ग्रुपले किनेकाे हाे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्