पत्रकार विष्ट सम्मानित

महेन्द्रनगर । कैलालीका पत्रकार जनक विष्टसहितका चार जनालाई सम्मान गरिएको छ । हेल्प फर ह्याप्पिनेसको सातौँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विष्टसहितका चार जनालाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।
सम्मान पाउनेमा सेती प्रादेशिक अस्पतालका वरिष्ठ रेडियोलोजिष्ट डाक्टर होमप्रसाद पन्त, ह्याप्पिनेसका सुदूरपश्चिम प्रदेश सदस्य कमल पनेरु र प्रदेश सदस्य बैतडी संयोजक भरत विष्ट पनि रहेको उक्त संस्थाले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले धनगढीको न्यू लाइफ मिसन बालगृहका आश्रित बालबालिकालाई सहयोग समेत गरेको छ ।
प्रदेश संयोजक घनश्याम भण्डारीको संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थाले त्यहाँ आश्रित १६ जना अनाथ बालबालिकालाई न्यानो लुगा, खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । वार्षिकोत्सवकै अवसर पारेर संस्थाले सचेतना कार्यक्रम पनि गरेको थियो ।
हेल्प फर ह्याप्पिनेसले आपतकालीन रक्तदान, आपतविपतमा परेका व्यक्तिहरुलाई आकस्मिक सहयोग, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने लगायतका काम गर्दै आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्