कञ्चनपुर–३ मा एमालेको निर्वाचन परिचालन कमिटि गठन

चुनाव जित्ने गरि खटिन नेताकार्यकर्तालाई निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले आशन्न चुनावलाई लक्षीत गरि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । मंगलबार बसेको पार्टीका प्रदेश, नगर, वडास्तरलगायत विभिन्न जन वर्गीय संगठनका नेताकर्ताहरुको उपस्थितिमा निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।
भेलाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा १४ सदस्यीय निर्वाचन परिचालन कमिटिको सचिवालय गठन गरेको छ । उत्त कमिटिको संयोजक एमाले जिल्ला कमिटि सदस्य प्रमानन्द जोशीलाई तोकिएको छ । त्यस्तै एमालेले प्रदेश सभा निर्वाचन क्षेत्र ३(क) मा जनकराज अवस्थीको संयोजकत्वमा २५ सदस्यीय र निर्वाचन क्षेत्र ३(ख) मा विष्णु कणेलको संयोजकत्वमा २७ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।


निर्वाचनमा सम्पुर्ण नेता कार्यकर्तालाई परिचालन गर्न तथा चुनावि तयारीका लागि विभिन्न नौ वटा परिचालन कमिटि गठन गरिएको संयोजक अवस्थीले बताए । उनका अनुसारे आर्थिक परिचालन, मोर्चा संगठन परिचालन, पेशागत संगठन परिचालन, चुनावी प्रतिवद्धता मस्यौदा कमिटि, सामाजिक संञ्जाल परिचालन, प्रचार–प्रसार सामाग्री उत्पादन तथा परिचालन र सास्कृतिक परिचालन कमिटि गठन गरिएका हुन् । आवश्यता अनुसार परिचालन कमिटिका सदस्यमा थपघटसँगै जिम्मेवारी पनि हेरफेर गरिने निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन परिचालन कमिटि संयोजक प्रमानन्द जोशीले बताए ।
एमालेले वडा पनि परिचालन कमिटि गठन गर्ने र सम्पर्क कार्यालय असोज भित्रै स्थापना गरि सक्ने जनाएको छ । अगामी मंसिर ४ मा तय भएको प्रनिनिधि र प्रदेश सभा निर्वाचनका लागि एमालेले कञ्चनपुर–३ मा राप्रपासँग चुनावी तालमेल गरेको छ । प्रतिनिधि सभामा एमाले नेतृ निरु पालले उम्मेदवारी दिएकी छिन् । त्यस्तै प्रदेश सभा (ख) मा एमाले कञ्चनपुरका जिल्ला कमिटि अध्यक्ष सुरेन्द्र विष्टको उम्मेदवारी दर्ता भएको छ । भने ३(क) मा एमालेले राप्रपाका सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष धर्मराज जोशीलाई समर्थन जनाएको छ ।
एमालेले निर्वाचन परिचालनका लागि राप्रपासहितको क्षेत्र र वडास्तर परिचालन समन्वय कमिटि पनि गठन गरिने जनाएको छ । नेकपा एमालेले केन्द्रीय लेखा आयोग सदस्य इश्वरी प्रशाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटि, जिल्ला कमिटि, नगर र वडा कमिटिसँगै विभिन्न जन वर्गीय संगठनका नेताहरुको सहभागीता रहेको थियो ।
एमाले नेता खरेलले निर्वाचनमा जिम्मेवारीका साथ खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले देशको विकासका लागि एमालेको सरकार आवश्यक रहेकोले पार्टी जित्ने गरि निर्वाचनमा खटिन कार्यकर्तालाई निर्देशन दिएका हुन् । साथै उनले राप्रपासँगको चुनावी तालमेल राष्ट्रियता र लोकतन्त्रको रक्षाको लागि भएको बताए । भेलामा सहभागी एमाले नेताकर्ताहरुले जिम्मेवारीकासाथ निर्वाचनमा परिचालन हुने समेत प्रतिवद्धता जनाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्