एमालेमै बसेर न्याय र स्वाधीनताका लागि संघर्ष गर्ने भीम रावलको घोषणा

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले एमालेभित्रै बसेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहने घोषणा गरेका छन् ।
अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि असन्तुष्ट रहेका नेता रावलले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीमै रहेर संघर्ष गर्ने बताएका हुन् ।
रावलसँगै टिकट नपाएका स्थायी कमिटी सदस्य घनश्याम भुसालले तत्कालै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रावलले भने आफूसँग त्यो विकल्प रहे पनि पार्टी नछाड्ने बताए । उनले आफ्नो अभियानमा पार्टीका कार्यकर्ताबाट साथ हुने बताए ।

पत्रकार सम्मेलनमा रावलले भने–देश र जनताको पक्षमा मैले उठाउँदै आएको झण्डा अविचलित निरन्तर समाति नै रहने छु । देश र जनताको हक–हित विरुद्धका विचार र गतिविधि विरुद्ध संघर्ष जारी रहने छ । यसमा, मलाई विश्वास छ, नेपाली जनता र पार्टीका अधिकांश कार्यकर्ता–सदस्यको साथ–सहयोग रहने छ । रावलले आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र पार्टीको मति अनुरुप पाइला चाल्ने बताएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्