महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर ईन्चार्ज तथा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार निरुदेवी पाल र जिल्ला कमिटी अध्यक्ष तथा ३(ख) का प्रदेश सभा उम्मेदवार सुरेन्द्र विष्टले मतदाता भेटघाट सुरु गरेको छन् । उनीहरुले बिहिबार दोधराचाँदनी–८ स्थित सुन्दरनगरबाट मतदाता भेटघाट सुरु गरेका हुन् । जोगबुढा पारिको सुन्दरनगरबाट घरदैलो भेटघाट सुरु गरिएको नेता विष्टले बताए ।
कञ्चनपुर–३ मा पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरि नेता कार्यकर्तालाई फिल्डमा खटाएको छ । भने उम्मेदवारहरुले पनि घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
भेटघाट कार्यक्रममा नेकपा एमालेका सुदुरपश्चिम सह–ईन्चार्ज राजेन्द्र सिंह रावल, केन्द्रीय लेखा आयोगका सदस्य इश्वरी खरेललगायतका नेताहरुको सहभागी थिए । घरदैलो कार्यक्रममा एमाले उम्मेदवारलाई भोट हाल्न मतदाता उत्साहित भएको एमाले नेताहरु बताएका छन् ।
