पाँच वर्षमा निवर्तमान सांसद धामीले के–के गरे (भिडियोसहित)

महेन्द्रनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान सांसद तथा आशन्न निर्वाचनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नर बहादुर धामीले आफुले गरेका कामको फेरहस्त प्रस्तुत गरेको छन् । शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफ्नो पाँच वर्षीय कार्यकालमा भएको कामबारे जानकारी दिएका हुन् । भुमिहिन सुकुम्बासी, आरक्ष पिडित लगायतका स्थानीय मुद्धाहरुलाई चर्को रुपमा ससदमा उठाउदैँ आएका सांसद धामीले विकास पुर्वाधार निर्माण पनि महत्वपुर्ण काम गरेका छन् ।
पुर्वाधार निर्माणतर्फ बंक–नायल सडकको १० किलोमिटर सडकको ट्रयाक खोल्नेदेखि ग्रामिण सडक निर्माण, स्तरोन्नती र पुल निर्माणमा महत्वपुर्ण योजना अगाडी बढाएका छन् । भने सामुदायिक विद्यालयको सुधार प्रविधिमैत्री बनाउन सांसद धामीले काम गरेका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा तीन वटै पालिकामा आवश्यक पुर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेका छन् । कृष्णपुर–९ स्थित सानागाउँ जोड्ने झुलङ्गे पुल निर्माण, वडा नम्बर ८ को मझगाई देखी कैलालीको श्रीलंका जोड्ने पक्ककी पुल निर्माण कार्य अगाडी बढेको छ ।
त्यस्तै वडा नम्बर ७ शान्तीपुरबाट गेटा जाने पक्की निर्माणका लागि टेण्डर भएको भईसकेको छ भने सोही वडाको शान्तीपुर मदनीयाँबाट अत्तरीया जाने पक्की पुल निर्माणको काम अघि बढेको छ ।
आशन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका सांसद धामीको कार्यकालमा महाना नदीमा मात्रै चार पुल पक्की पुल निर्माण कार्य सुरु भएको छ ।
त्यस्तै रणनीति महत्वको सडक निर्माण कार्यक्रम अन्तरगत अन्र्तगत खल्लाढैया देखि पवित्रा बस्थी हुदै कृष्णपुर ६,७, ८, ९ भएर सिमलकोट हुदैँ वनदेवीसम्म करिब १० कालोपत्रे कालेपत्रे टेण्डर भईसकेको छ ।
त्यस्तै ग्वाँसी समैजी धार्मीक पर्यटनको विकासका लागि काम गरिएको छ । बनारा नदीमा पक्की पुल निर्माण लागि ठेक्का सम्झौता भईसकेको छ । त्यस्तै सांसद धामीको कार्यकालमा खेलकुदको विकासका लागि पनि शुक्लाफाँटा कभड हल निर्माणाधिन अवस्थामा छ ।
त्यस्तै नगरका सबै क्षेत्रलाई सडक सञ्जालमा जोड्न शुक्लाफाँटामा चक्रपथको काम सुरु गरिएको छ । सबै नगरका वडाहरुमा स्थानीय सरकारसँगको सहकार्यमा सडक निर्माण, कालोपत्रे तथा स्तरोन्नतीको काम गरिएको उनको भनाई छ ।
मधेस समृद्धी कार्यक्रम मणिका धाम जाने बाटो स्तरोन्नती गरिएको छ । भने वेदकोटको पोलखरी र धरमपुर–घुर्सुवा पुल निर्माणका लागि पनि ठेक्का पक्रियामा रहेको उनले बताए । बगुन देखि बैतडासम्म सात किलोमिटर चक्रपथमा समावेश गरिएको छ । मुसेपानी देखि डडेल्धुराको परशुराम धाम जाने चुनेपानी सडकका लागि करिब सात करोड विनियोजन भएको छ ।
त्यस्तै सुदुरपश्चिमकै आर्थिक विकाससँग जोडिएको दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास भई काम अघि बढेको छ । करिब नौ अर्व बजेट खर्च हुने औद्योगीक क्षेत्र निर्माणपछि हजारौँले रोजगारी पाउने बताईएको छ ।
त्यस्तै निवर्तमान सांसद धामीले राष्ट्रपति शैक्षीक सुधार कार्यक्रम अन्तरगत २ नम्बर क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरि प्रविधिमैत्री बनाउन जोड दिईएको उनले बताए । उनका अनुसार महाकाली मावि, राष्ट्रिय मावि पिपलाडी, रत्न मावि चथरी, शिवशक्ती मावि कालागौडी, बैजनाथ मावि कौसरल, सरस्वती मावि लगायतका विद्यायलमा आईसिटि ल्याब स्थापना गरिएको छ ।
शुक्लाफाँटा–११ मा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ । जसबाट गरिब तथा विपन्न परिवारका विद्यार्थीले गाउँमै प्राविधिक शिक्षा पढ्न पाउने भएको छन् । त्यस्तै मालिका टोलमा सिटिईभिटीलाई आवश्यक पुर्वाधार निर्माण र विस्तारका लागि ९ बिघा जमिन उपलब्ध गराईएको छ ।
त्यस्तै सांसद धामीको कार्यकालमा स्वास्थ्य क्षेत्रमा पनि उलेख्य कामहरु भएका छन् । शुक्लाफाँटा–१० मा प्रसुती गृह निर्माण गरि सेवा सुरु गरिएको छ भने तीन वटै पालिकामा १५ शैयाको नगर अस्पताल निर्माणका लागि पनि काम अघि बढेको छ । भने शुक्लाफाँटा ५ मा सेफ हाउस निर्माण गरिको छ ।
सबै वडामा आधारभुत स्वास्थ्य सेवा सञ्चालनमा ल्यार्ईएको छ । असिग्राम स्वास्थ्य चौकीलाई पुर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गरिएको छ । सुन्दरपुरमा जग्गा नापीको समस्या समाधानका लागि कार्यदल गठन गरि काम अन्तिम चरणमा रहेको छ ।
त्यस्तै भुमीहिन सुकुम्बासीको समस्या सामाधानका लागि आयोग गठन गरि काम रहेको अवस्थामा परमादेशी सरकारले आयोग नै विघटन गरेर काम ठप्प पारेको उनले बताए । त्यस्तै आरक्ष पिडितको समस्या सामाधानका लागि पनि कार्यदल गठन गरि प्रतिवेदन समेत मन्त्रालयमा बुझाई सकिएको वर्तमान देउवा नेतृत्वको सरकारले त्यसका अगाडी बढाएको छैन । साथै आसन्न निर्वाचन पछि नेकपा एमालेको सरकार बन्ने दावि गर्दै सासंद धामीले अधुरा कामहरु पुरा गर्ने प्रतिवद्दता समेत जनाए । आशन्न निर्वाचनमा सांसद दोहरिन चाहेका नेता धामीले आफुले गरेको कामहरुसहित जनतामाझ पुगेको छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्