साईन रेसुंगा बैंकको ‘ग्रो ग्रिन प्रोजेक्ट’: महेन्द्रनगरमा गरियो वृक्षारोपण

देशभरीमा १४ हजार बिरुवा रापिदैँ

महेन्द्रनगर । साईन रेसुङ्गा विकास बैंक महेन्द्रनगर शाखाले ‘ग्रो ग्रिन प्रोजेक्ट’ अन्तरगत वृक्षारोपण गरेको छ । बैंकको देशव्यापी कार्यक्रम अन्तरगत शनिबार महेन्द्रनगर शाखाले नगरस्थित विभिन्न सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरेको हो ।


बैंकका महेन्दनगर शाखा प्रमुख बाशुदेव पन्तले संस्थाको सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत बैंकले ग्रो ग्रिन प्रोजेक्ट अगाडी बढाईएको बताए । उनका अनुसार बैकले ८७ वटा शाखामार्फत देशभरीमा १४ हजार बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

साईन रेसुङ्गा बैंकको महेन्द्रनगर शाखाले भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर पार्क, ईको पार्क र बाल उद्यानमा गरि एक सय ५० बढी बिरुवा रोपेको छ । आर्थिक तथा वित्तिय कारोबारसँगै बैकले सामाजिक कार्यमा पनि जोड दिदैँ आएको शाखा प्रमुख पन्तको भनाई छ ।


त्यस्तै बैंकका पुर्व सञ्चालक जगदिशचन्द्र भट्टले पर्यावरणको सुरक्षाका लागि ‘गो ग्रिन प्रोजिक्ट’ महत्वपुर्ण रहेको बताए । उनले जलवायु परिवर्तन र वातावरण प्रदुशित हुदैँ गईरहेको अवस्थामा बैंकले सुरु गरेको प्रोजेक्टले पर्यावरणको सुरक्षासँगै हरियाली प्रर्वन्धनमा राहत पुग्ने बताए । वृक्षारोपण कार्यक्रममा बैकका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्