कञ्चनपुर–३ मा तालमेल ईमान्दारिताका साथ कार्यान्वय गरि हामी विजयी हुन्छौँः राप्रपा नेता पाण्डे

गठबन्धनले ठुलो राजनीति

महेन्द्रनगर । कञ्चनपुरका राप्रपा नेता हरिहर पाण्डेले कञ्चनपुर ३ मा नेकपा एमाले र राप्रपाको चुनावी तालमेल ईमान्दारिताका साथ पालन हुने बताएका छन् ।

उनले मंगलबार भीमदत्त–१८ मा चुनावी सभालाई सम्बोधन गदैँ तालमेल दुवै पार्टीको प्रतिष्ठासँग जोडिएका त्यसलाई पुर्ण रुपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए । कञ्चनपुर–३ मा एमाले र राप्रपाबिच चुनावी तालमेल भएको छ ।तालमेल सफल बनाएर तीन वटै उम्मेदवारलाई विजयी गराउने उनको विश्वास छ ।
त्यस्तै उनले गठबन्धनले ठुलो राजनीति अपराध गरेको पनि आरोप लगाए । उनले एमालेलाई हराउने र सत्ता प्राप्तीको उद्देश्यका लागि मात्रै गठबन्धन गरेर राजनीति अपराध गरेको बताए ।

अगामी सहकार्यसहित राष्ट्रियता पक्षमा एमालेसँग चुनावी तालमेल गरिएको पनि उनले स्पष्ट पारे । साथै उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(ख) का उम्मेदवार रहेको सुरेन्द्र विष्ट नगर प्रमुख हुदाँ भीमदत्त धेरै विकास निर्माणका काम भएको पनि बताए । प्रतिनिधि सभामा एमाले नेतृ निरु पाललाई राप्रपाले समर्थन गरेको भने ३(क) मा राप्रपाका नेता धर्मराज जोशीलाई एमालेले समर्थन जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्