महेन्द्रनगर । कोरोना महामारी विश्वव्यापी रुपमा फैलिदाँ कञ्चनपुरको भीमदत्त नगरपालिका पनि अछुतो रहेन् । सीमा नाकामा रहेको भीमदत्त नगरपालिकाले नगरवासी मात्रै होईन गड्डाचौकी नाका भएर आउँने नागरिकको व्यवस्थापनमा जुट्यो । भारतीय ठुला शहरमा कोरोनाले विकराल रुप लिएपछि दिनहुँ हजारौँको नेपाली स्वदेश भित्रिए । सीमामा रहेको भीमदत्त नगरपालिकाले सरोकारवाला निकायसँगको सहकार्यमा क्वारेन्टाईन व्यवस्थापन, चेकजाँच लगायतको काम ग¥यो भने स्थानीय व्यवसायी लगायतका समाजसेवीहरुले नाका अलपत्र नेपालीलाई खाजा र पानी वितरण गरेर सहयोग गरे ।
कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा भीमदत्त नगरपालिकाले खेलेको भुमीकाको पंशासा हुदैँ आएको छ । आशन्न निर्वाचन नजिकिदैँ जादाँ कोरोना महाकारीको व्यवस्थापन उम्मेदवारको चुनावी मुद्धा बनेको छ । कोरोना महामारीको संन्र्दभलाई जोडेर भीमदत्त नगरपालिक निवर्तमान मेयर सुरेन्द्र विष्टले कांग्रेस नेता रमेख लेखकलार्ई प्रश्न गरेका छन् ।
मंगलबार एक चुनावी भेलालाई सम्बोधन गदैँ भीमदत्त नगरपालिकाले आम नागरिकको जिउ ज्यान रक्षाका लागि सीमा नाकादेखि अस्पताल व्यवस्थापनसम्मको काम गरेको बताए ।
‘कोरोना महामारीमा हामी गड्डाचौकी नाकामा थियौँ, महाकाली महाकाली अस्पतालमा थियौँ, क्वारेन्टाईन व्यवस्थापन र चेकजाँच प्रवन्र्ध मिलाउनमा थियौँ ।’ उनले भने ‘विकासवादी भनिनेहरु अहिले भोट माग्न आउँदै छन् जनताले उहाँहरुलाई सोध्ने बेला आएको छ, कोरोना महामारी हुदाँ कहाँ लुकेर बस्नु भएको थियो ।’
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(ख) मा प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका विष्टले कोरोना महामारीमा सिमा नाका व्यवस्थीत बनाउने देखि महाकाली अस्पताललाई महत्वपुर्ण सहयोग गरेका थिए ।
तत्कालिन समयमा भीमदत्त नगरपालिकाले कोरोना परिक्षणका लागि महाकाली अस्पतालाई पिसिआर मेसिन उपलब्ध गराएर जिल्लामै सहज परिक्षणको व्यवस्था मिलाएको थियो भने अक्सीजन अभाव हुदाँ तत्काल २० लाख आर्थिक सहयोग गरेको थियो । साथै नगरपालिकाको श्रोत साधन र जनशक्तीलाई कोरोना व्यवस्थापनमा परिचालन गरेको थियो ।
साथै कोराना महामारीमा जीवन रक्षा पहिलो प्राथमिकता रहेकाले विकास निर्माणका कामहरु केही पछाडी परेको समेत उनको भनाई छ । एमाले उम्मेदवार विष्टले खैरभट्टीदेखि कुतियाकभर विकास मोडल अघि सारेर चुनावी मैदानमा होमीएका छन् ।
