‘अरु नामका विकासवादी हुन् हामी काम गछौँ’: नेतृ पाल

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार निरु देवी पालले कञ्चनपुरको विकासका लागि सधैँ भुमिका खेल्ने बताएकी छन् ।
मंगलबार एक चुनावी सभालाई सम्बोधन गदैँ नेतृ पालले एमाले नेतृत्वको सरकारले जिल्लामा ठुला विकास आयोजना सञ्चालन गरेको बताईन् ।
‘हामी निर्वाचित भएपछि यस क्षेत्रको विकासका लागि ठुला विकासका आयोजना सञ्चालन भएका छन् ।’ उनले भनिन् ‘अरु नामका विकासवादी मात्रै हुन् हामी काम गछाँैँ, त्यो यहाँका जनताले अनुभति पनि गरेका छन् ।
एमाले नेतृत्वको सरकारले लामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल पुनः सञ्चालन, महाकाली सिचाँई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश, महाकाली करिडोर सुचारु लगायतका आयोजनाको काम अघि बढेको छ ।
त्यस्तै भीमदत्तमा ८१ किलोमिटर सँगै नगर चक्रपथ निर्माण, दोधराचाँदनीमा ८० किलोमिटर बढी कालोपत्रे गरिएको छ ।
साथै महिलाको हकहितका लागि लागि काम गदैँ आएकी एमाले नेतृ पालले आशन्न निर्वाचनमा महिला नेतृत्वका लागि ठुलो अवसर पनि भएको पनि बताईछिन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्