‘जनताका समस्या संसद पुगेपछि बिर्सिदैँनौ’: एमाले उम्मेदवार पाल

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार निरुदेवी पालले आफु सधैँ जनतासँगै रहने प्रतिवद्धता जनाएकी छिन् । बुधबार दोधराचाँदनी नगरपालिकाको कञ्जभोजमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गदैँ उनले आफु स्थानीय समस्यासँग जानकार रहेको बताईन् ।
म यहाँका समस्यासँग परिचित छु, जनताको समस्या मेरा समस्या हुन् । उनले भनिन् ‘यहाँहरुले निर्वाचित गराएर सदनमा पठाउनु भयो तपाईका समस्याहरु बिर्सिने छैन् ।’
सामानुपाति सांसदको रुपमा ठुला विकास निर्माणका कामहरु अघि बढाएको बताउँदै पाल उनले सामाजिक आर्थिक विकासलाई थप काम गर्ने प्रतिवद्धता जनाईन् ।
त्यस्तै दोधराचाँदनीको महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध र पुल निर्माणसँगै सडक पुर्वाधार निर्माण तथा विद्युतीकरणमा जोड दिईने उनले बताए ।
त्यस्तै मझगाउँ विमानस्थल पुनः सञ्चालनन, दोधराचाँदनी सुक्का बन्दरगाह, महाकाली करिडोर निर्माण लगायतका चुनावी एजेण्डा उम्मेदवार पालले अगाडी बढाएकी छिन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्