काम देखाएर मत माग्दै निवर्तमान सांसद धामी

झलारी । चुनाव जितेर गएपछि ५ वर्षमा हाम्रा लागि के गर्नुभयो ? जनप्रतिनिधिसँग अधिकांश जनताले सोध्ने साझा प्रश्न हो यो । जनताको घरदैलोमा जाने अधिकांश जनप्रतिनिधि जनतासामु बोल्न सक्दैनन् तर यसअघिका त्यस्ता जनप्रतिनिधिका सूचीमा नरबहादुर धामी फरक पात्र हुन् ।
कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सांसद बनेका उनी गर्वका साथ आफ्नो निर्वाचन क्षेत्रको मुहार फेर्ने गरी भिजनका साथ गरिएका कामको सूची बोकेर जनताको घरदैलोमा जाने गरेका छन् । उनले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि, सडक, भौतिक पूर्वाधार लगायतका उदाहरणीय कामहरू तथा विगतमा गरेका आरक्षपिडित तथा सुकुम्वासीका समस्या संसद भवनमा निर्धक्क साथ राखेका छन् । यसअघिका निर्वाचनमा उनले मतदातासामु कुनै वाचा गरेका थिएन तर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले निरन्तर काम गरेका छन् ।
उनको कार्यकालमा शुक्लाफाँटा नगरपालिकामा शुक्लाफाटा बहुप्राविधिक शिक्षालय खुलेको छ । शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउँदा गरीबका छोराछोरीले सुलभ शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्न पाइरहेका उनले बताए ।
गरीब तथा विपन्न परिवारका विद्यार्थीले गाउँमै प्राविधिक शिक्षा पढ्न पाएको उनको भनाइ छ । पूर्वाधार निर्माणतर्फ बंक–नायल सडकको १० किलोमिटर सडकको ट्रयाक खोल्नेदेखि ग्रामीण सडक निर्माण, स्तरोन्नति र पुल निर्माणमा महत्त्वपूर्ण योजना अगाडि बढाएका छन् उनले ।
सामुदायिक विद्यालयको सुधार प्रविधिमैत्री बनाउन सांसद धामीले काम गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा ३ वटै पालिकामा आवश्यक पूर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको उनले बताए । धामीले कोरोना महामारीको प्रतिकूलताका बाबजुद आफूले विकासको थालनी गरेको बताए ।
सडक कालोपत्रे गर्ने, पुलपुलेसा बनाउने काम समेत गरिएको उनले बताए । कोरोनाका कारण एमाले सरकारले ३ वर्ष पनि राम्रोसँग काम गर्न नपाएको उनले बताए । वृद्धभत्ता ५ हजार रुपैयाँ पु¥याउन खोज्दा परमादेशबाट सरकारलाई हटाइएकाले अब निर्वाचित भएपछि वृद्धभत्ता ५ हजार पु¥याइने धामीले बताए ।
उनले भने, ‘नेकपा एमालेले उच्चस्तरीय आयोग गठन गरेर भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्रदान गर्दैथियो तर परमादेशबाट गठबन्धन सरकार बनेपछि आयोग नै खारेज गर्ने काम ग¥यो, त्यसकारण एमालेलाई जिताएर पुनः हामी लालपूर्जा र जग्गा प्रदान गर्न अघि बढ्ने छौं ।’
चुनावी कोणसभा र घरदैलोमा रहेका उनले आफूले गरेका कामको उपलब्धिबारे मतदातालाई स्मरण गराउने गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्