प्रदेश सभाको दोस्रो ईनिङको तयारीमा रावलः काम देखाएर माग्दैँ छन् मत

महेन्द्रनगर । सरल स्वभाव र समाजसेवी व्यक्तित्वको छवि बनाएका नेकपा एकिकृत समाजवादीका नेता हुन् प्रकास रावल । सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री समेत रहेका रावल प्रदेश सभा सदस्यको दोस्रो कार्यकालको लागि चुनावी मैदानमा होमिएका छन् । रावल कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क) मा नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका हुन् ।

२०४७ सालमा सिद्वनाथ बहुमुखी क्याम्पस प्रारम्भीक कमिटि अध्यक्षबाट अनेरास्ववियु हुदैँ राजनीतिक यात्रा शुरु गरेका रावल विद्यार्थीका हक अधिकार र राजनैतिक आन्दोलन होमिदैँ आएका छन् । २०४९ सालमा अनेरास्ववियुको जिल्ला कोषाध्यक्ष, २०५१ सालमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी एमालेका संगठित सदस्य, २०५१ सालमा अनेरास्ववियु महाकाली अञ्चल समन्वय सदस्य, २०५१ सालमा नगर कमिटि सदस्य, २०५४ सालमा युवा संघ केन्द्रिय कमिटि सदस्य, २०६५ सालमा जिल्ला कमिटि सचिवालय सदस्य भएर निरन्तर संगठनको विभिन्न पदीय जिम्मेवारी रहेर काम गरेको अनुभव रावलसँग छ ।

२०२५ साल भीमदत्त नगरपालिका–६ मा जन्मिएका नेता रावलले प्रारम्भिक शिक्षा कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालयबाट लिए ।

शिद्धनाथ बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका रावलले सोही समयदेखि नै राजनीतिक यात्रा सुरु गरेका हुन् ।
रावल राजनीतिकसँगसँगै सामाजिक संघ संस्थामा पनि आवद्ध छन् । करिब ३ दशक बढी समयदेखी राजनीतिमा होमिएका रावल २०७४ सालमा नेकपा एमालेबाट कञ्चनपुर निर्वाचन क्षेत्र न. ३ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । २०७५ सालमा उनि एमालेकैतर्फबाट सुदुरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्य मन्त्रि समेत बने ।

नेकपा एमालेमा रहदाँ विभिन्न कमिटीमा बसेर काम गरेका रावल एमाले विभाजनपछि नेकपा एकिकृत समाजवादीमा लागेका हुन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटि सदस्य रहेका रावललाई कञ्चनपुर जिल्ला सह–इन्चार्जको जिम्मेवारी समेत दिईएको छ । २०७८ चैतमा सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नियुक्त भएका रावलले आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै विकास निर्माणका काम अघि बढाएका छन् ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका मन्त्री रावलले उत्तरी क्षेत्रमा सिचाईका लागि डिप बोरिङ्ग, राइपेनिङ्ग च्याम्बर निर्माण, नमुना कृषि फर्म स्थापना, केरा प्रसोधन केन्द्र स्थापना लगायतका काम गरेका छन् । त्यस्तै शिक्षामा विभिन्न विद्यालयका जिर्ण पुर्वाधार निर्माणमा पनि रावलले बजेट विनियोजन गरि काम गरेको छन् ।

स्वास्थ्य क्षेत्रमा महाकाली अञ्चल अस्पताललाई प्रदेश सरकारको मातहतमा लिएर स्तरोउन्नतिमा रावलले मन्त्रीको रुपमा महत्वपुर्ण भुमीका निर्वाह गरेको छन । राज्यमन्त्री हुदाँ नै पर्यटक क्षेत्रको विकासका लागि योजना अघि बढाएका रावलले ब्रह्मदेवमा नेपाल प्रवेश द्वारा निर्माण, गड्डाचौकीमा पर्यटक सहायता कक्ष निर्माण, नेपाल आमाको मुर्ति निर्माणका लागि बजेटको व्यवस्था, व्रह्मदेव देखि चिसापानी सम्म चुरे फेदीमा धार्मिक÷पर्यटकीय मार्ग निर्माण, आत्मनिर्भर स्वरोजगारीका लागि विभिन्न अनुदानहरुको व्यवस्थापनका योजना अघि सारेका छन् ।

रावलले मन्त्री हुदाँ आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी बजेट ल्याएका छन् । निर्वाचन क्षेत्रमा बढी विकास योजना ल्याएर जनतालाई खुसी बनाएका रावल बलियो मनोबलका साथ मतदाताबिच पुगेका छन् । उनले महेन्द्रनगरलाई खेल नगरी बनाउने उद्देश्यका साथ मल्टीप्रपज कभर्ड हलको निर्माणका लागि बहुबर्षिय योजना अगाडी सरेका छन ।

राजनीतिलाई सेवाको रुपमा बुझेका रावल दोस्रो पटक निर्वाचत हुन चुनावी प्रतिवद्धतासहित मत मागि रहेका छन् ।
स्वस्थ्य सेवा, शिक्षा, रोजगारी सृजना, गरिबी निवारण, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान, नगर विकाससंग सम्बन्धित, भू–क्षय बाढि पहिरो र नदि नियन्त्रण, सडक यातायात, हवाई यातायात, कृषि क्षेत्रको विकास, खानेपानी तथा सरसफाइ, सुचना र संचार, विद्युतीकरण, आरक्ष पिडित मुक्त हलिया र छुट हलिया, जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा एवं लोक कल्याणकारी कार्यक्रम, सिमा क्षेत्रको समस्या, व्यापार पारवहन तथा सुख्खा बन्दरगाह, उद्योग व्यवसाय क्षेत्र, स्वच्छ एवं पारदर्शि प्रशासनीक सेवा, वातावरण संरक्षण, पर्यटन, कला संस्कृती, भाषा साहित्य र स्थानीय सिप एवं शिल्पको जगेर्ना, छाडा गाई बस्तुको व्यवस्थापन, सिक्दै सिकाउदै, खेलकुद, सरकार, सहकारी, गैसस र जनस्तर साझेदारी लगायतका क्षेत्रमा काम गर्ने रावलको घोषणापत्रमा उल्लेख छ ।

पार्टी संगठन सानो भएपनि पनि रावल आफुले गरेको विकासका कामले जनताले पुनः विश्वास गर्ने बताउछन् । मन्त्री हुदाँ योजना ल्याएर जनताका मन जितेका रावल त्यसकालाई मतमा परिणत गरि प्रदेश सभाको दास्रो ईनिङ सुरु गर्न चाहान्छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्