वार्षिकोत्सबका अवसरमा नेपाल बैंककाे “नाैलाे अभियान दैलाे-दैलोमा” यस्ता छन् महेन्द्रनगर शाखाका प्रमुख उपलब्धी

महेन्द्रनगर । नेपालको पुरानो बैंक नेपाल बैक लिमिटेडले हाम्रो नौलो अभियान दैलो दैलोमा सुरु गरेको छ । बैंकको ८६ औं वार्षिककोत्सवको अवसरमा बैंकले यस्तो कार्यक्रम ल्याएको हो । देशव्यापी रुपमा मनाईएको यो कार्यक्रम बैंकको महेन्द्रनगर शाखाले विविध कार्यक्रम आयोजना गरि वार्षिककोत्सव मनाएको छ ।
कञ्चनपुरको सदमुकाम महेन्द्रगरमा पहिलो पटक कात्तिक २९ गते बैंकको महेन्द्रनगर शाखाले दैलो दैलोमा नेपालको पहिलो बैंक अभियान नै सुरु गरेको हो । उक्त अभियान अन्तरगत बैंकले ग्राहकको घरदैलोमा पुगी ग्राहकहरुमा सम्मान समेत व्यक्त गरेको छ ।
त्यस्तै बैंकको ८६ औं वर्ष यात्राको पहिलो दिन कार्तिक ३० गते महेन्द्रनगर शाखाको आयोजनामा कार्यक्रम समेत गरिएको । बैंक शाखा प्रमुख महेश राज जोशीको अध्यक्षता भएको उक्त कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यायक यज्ञराज पाठक प्रमुख आतिथि रहेका थिए ।
कार्यक्रममा सुदूपश्चिम विश्वविद्यालय प्राद्यापक संघका केन्द्रीय सभापति उप प्राध्यापक उत्तम थापा, प्राद्यापक संघ केन्द्रीय क्याम्पस एकाई सभापति उप प्राध्यापक दिपक चन्द्र भट्ट, सिद्धनाथ बिज्ञान क्याम्पस लेखा प्रमुख देब कार्कि लगायत नेपाल बैंक लिमिटेडमा भु.पु कर्मचारीको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पाठकले नेपाल बैंकको बैंकिङ सेवा विकास तथा विस्तारमा महत्वपुर्ण योगदान रहेको बताए । साथै उनले विगतको तुलनामा नेपाल बैंकले आधुनिक बैंकिङ सेवामा मारेको फड्को मादैँ गएकोमा प्रशंसा समेत गरे ।
त्यस्तै शाखा प्रमुख जोशीले बैंक र ग्राहकसँगको सम्बन्धलाई समधुर र सहज बजाउन घरदैलो अभियान सुरु गरिएको बताए ।
उनले बैकिङ क्षेत्रकै उदारणियरुपमा सेवाग्राहीसँग आत्मीय व्यवहारका साथ बैकिङ निति नियमभित्र रहि चुस्त दुरुस्त बैैकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रकमको सहजिकरण बैंकका बरिष्ठ सहायक पदम दत्त जोशीले गरेका थिए भने कर्मचारीहरुको तर्फबाट सहायक हिक्मत बहादुर ऐरले शुभकामना मन्तव्य राखेका थिए । नेपालको पहिलो बैंकको रुपमा १९९४ सालमा स्थापना भएको यस बैकले देशभर २२६ शाखामार्फत सेवा दिईरहेको छ । बैंकको महेन्द्रनगर शाखाले पछिल्लो समय प्रभावकारी रुपमा सेवा सम्पादन गर्दैँ आईरहेको छ ।
यस्तो छन् बैंकको महेन्द्रनगर शाखाका प्रमुख उपलब्धीहरु
– मिति २०७८\०९\०५ गते कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, मिति २०७८\०९\११ गते एमिटि कलेज,महेन्द्रनगर र २०७८\०९\१४ गते सुदूरपश्चिम विश्वविद्यालय,केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।
– मिति २०७८।०१।१७ देखी केन्द्रीय क्याम्पस हाता भित्र एटिएम संचालनमा ल्याईएकाे ।
– केन्द्रीय क्याम्पस हाता भित्र एक्सटेन्सन काउन्टर निर्माण गरि अस्थाही ठाउबाट मिति २०७८।०९।१५ देखी नव निर्मीत एक्सटेन्सन काउन्टर बाट सेवा संचालनमा ल्याएकाे ।
– सुपवि पेन्सन बचत खाता समेत यही २०७८ चैत्र १२ देखी संचालनमा
– नेपाल बैंक लिमिटेडको आप्नै स्वामित्वको नव निर्मित भवनमा शाखा स्थानान्तरण गरि मिति २०७९\०४\२९ गते आईतवार बाट बिधिवतरुपमा कारोबार संचालन ।
– भिमदत्त नगरपालीकाको महेन्द्रनगर बजार देखी बेलौरी नगरपालिकाको बेलौरी बजारमा नेपाल बैंकको क्युआर प्रणालीबाट भुक्तानी संचालन
– २०७८ फाल्गुन महिनामा सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस,महेन्द्रनगरमा २ ओटा,कैलाली बहुमुखी क्याम्पस, धनगढीमा १ ओटा,टिकापुर बहुमुखी क्याम्पस, टिकापुरमा १ ओटा र दुर्गालक्ष्मी क्याम्पस, अत्तरियामा १ ओटा गरि जम्मा ५ ओटा वाटर कुलर मेसिन।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्