चितवन–२ बाट रवि लामिछाने निर्वाचित

चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजारभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले ४९ हजार २६४ मत पाए भने श्रेष्ठले १४ हजार ९८३ मत पाए।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो स्थानमा रहेका छन्। उनले १४ हजार ६४७ मत पाए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्