धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई निर्वाचित

धनकुटाबाट नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। राईले ३० हजार १०१ मत पाए भने थापाले २८ हजार ७०४ मत पाए।
त्यस्तै, स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले पाँच हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुमारबहादुर थापाले एक हजार ५९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार ६२५ मत पाए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्