चुनाव जितेपछि सांसद बलायरले भने: ६ महिनाभित्र गोदावरीमा सुदूरपश्चिमको राजधानी बन्छ

कैलाली – कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले ६ महिनाभित्र प्रदेश राजधानीको निर्माण प्रक्रिया थालिने बताएका छन्।  विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 
६ महिनाभित्र राजधानी निर्माणको काम सुरु हुने उनको दाबी छ। उनले भने, ‘यहाँका जनताका समस्या समाधानका लागि मेरो जोड छ। विषेशगरी प्रदेशको राजधानी र गेटा कलेजबारे म गम्भीर छु, राजधानी ६ महिनाभित्र निर्माण सुरु हुन्छ।”
यस्तै काम नलाग्ने मन्त्रालय आफू नखाने बलायरले बताएका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्