व्यवस्थापनका लागि लैजाँदा छाडा पशु चौपाया मरेको वेदकोट नगरपालिकाको स्पष्टीकरण

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाडा चौपाया मरेपछि मात्रै खाडलमा गाडिएको विषयमा स्पष्ट पारेका छन् । छाडा पशुचौयापा व्यवस्थापनका नाममा जिउँदै खाडलमा पुरेको आरोप लगेपछि उनले त्यसबारे प्रष्टिकरण दिएका हुन् ।
बुधबार वेदकोट नगरपालिमा पत्रकार सम्मेलन आयोजना गरि उनले अराजक तत्वले चुनेपानीमा लैजान नदिएपछि भोक र पानी नपाएर छाडा चौपाया मरेको बताए । मंसिर २० गते चुनेपानीको शिद्धसरोवरमा लगेर राख्ने बेला ट्रकमा हालेर लैजाने क्रममा अराजक तत्वले लैजान नदिएपछि ट्रक हालिएको अवस्थामा खान र पानी नपाएर मरेको र तिनलाई खाडलमा पुरिएको उनको उनले बताए । ‘वडा नम्वर ५ धरमपुरको सडकबाट १ सय ५३ वटा गाई जान दिईयो भने १ सय वटा गाई रहेको ट्रकलाई वडा नम्वर ७ मा रहेको पुतली बजारमा केही अराजक तत्वहरुले रोकि दिएको थियो’ पत्रकार सम्मेलनमा मेयर बोहराले भने,‘जुन व्यक्तिहरुले पालिकाबाट गाई लैजान अवरोध गरिरहेका थिए तीनै व्यक्तिहरुले १ लाख रुपैँया रकमको बार्गेनिङ गरेका छन् ।’
ट्रकमा गाई लैजाँदै गरेका व्यक्तिसँग एक लाख दियो भने गाईलाई लैजान दिने भन्दै माग गरिएको उनको भनाई थियो ।
मेयर बोहराले मरेका ती गाईलाई व्यवस्थापन गर्ने जिम्मेवारी भएको उल्लेख गर्दै जिउँदै गाईलाई मारेर पुरेको भन्ने खबर गलत भएको उनले दावि गरे ।
साथै चौपाया पुरिएको विषयमा छानबिन गर्न सर्वदलिय बैठकले समिति गठन गर्ने निर्णय गरेका छ । बुधबार नै बसेको सर्वदलिय बैठकले उक्त घटनाबारे छानबिन गर्न राजनिति दलका प्रतिनिधि सहितको छानबिन समिति गठन समेत गरेको छ । समितिलाई एक हप्ता भित्रमा प्रतिवदेन पेश गर्न भनिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्