भिओयूद्धारा आयोजित फुटबल प्रतियोगिता सम्पन्नः बिबिए तेस्रो सेमेष्टरलाई उपाधि

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय अन्र्तरगतको भ्वाईस अफ युनिभसिटी(भिओयू) द्धारा आयोजित फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सोमबार देखि जारी प्रतियोगिता बुधबार सम्मन्न भएको हो ।

बिबिए अन्तर सेमेष्टर फुटबल प्रतियोतिाको उपाधि तेस्रो बिबिए तेस्रो सेमेष्टरले जितेको छ । उसले बिबिए दोस्रो सेमेष्टरलाई ७–५ गोलले पराजित गरेको हो । खेलको ९० मिनटमा दुवै टीमले ३–३ गोल गरेर बराबरी गरेपछि पेनाल्टीमार्फत विजेताको छिनोफानो गरिएको थियो । पेनाल्टीमा तेस्रो सेमेष्टरको टिमले ४ र दोस्रो सेमेष्टरको टीमले २ गोल गरेको थियो ।

विजेता टिमले नौ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ भने उप विजेतालाई मेडल र प्रमाणपत्र दिईएको छ । समापन कार्यक्रममा बोल्दैँ भिओयूका संस्थापक अध्यक्ष मदन गिरीले विद्यार्थिको क्षमता विकासका लागि अतिरित्त खेलकुद कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

कार्यक्रमका विशिष्ठ अतिथि समेत रहेका गिरीले संस्थाको उद्देश्य अनुरुप विश्वविद्यालयका सबै संकायमा विस्तार गरि विद्यार्थीको हकहित काम गर्नु पर्नेमा जोड दिए ।

त्यस्तै व्यवस्थापन विभागका विभागीय प्रमुख शंकरदत्त भट्टले संस्थाले विद्यार्थीको क्षमता विकास र हकहितमा स्थापनाकाल देखि नै काम गदैँ आएको उल्लेख गदैँ भिओयूको प्रशंसा समेत गरे । भिओयूका अध्यक्ष पुस्कर राज पन्तको अध्यक्षमा समापन कार्यक्रम आयोजना गरिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्