जैविक मल बनाउनेबारे तालिमसहित स्थानीयलाई कम्पोस्ट बिन वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका स्थानीयलाई जैविक मल बनाउन तालिम दिएको छ । फोहरलाई भान्छाबाटै अलग गरि कुहिने फोहरबाट जैविक मल बनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघिय विकाश कार्यक्रम (युएनडिपी) को सहयोगमा तालिमसँगै भीमदत्त नगरपालिकाका वडा नम्बर १८ र वडा नम्बर ३ का १७५ घरधुरी लाई कुहिने फोहरबाट जैविक मल उत्पादन विधि तथा जैविक मल बनाउन आवश्यक कम्पोस्ट बिन हस्तान्तरण गरिएको छ ।
भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाको अध्यक्षता भएको कार्यक्रममा युएनडिपी नेपालकि सुदुरपश्चिम प्रदेश प्रमुख बैजन्ति गिरि सिंहको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक भव राज रेग्मी, भीमदत्त नगरपालिका कि वातावरण अधिकृत निराश्रया खतिवडा, वेस्ट डा इजेस्टकि कार्यकारी निर्देशक सृजना जोशी लगायतको सहभागीता रहेको थियो ।

युएनडिपी नेपाल कि सुदुरपश्चिम प्रदेश प्रमुख सिंहले युएनडिपीले भीमदत्त नगरपालिकाको फोहर व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ सहयोग गरिएको बताईन् । उनले फोहरको दिर्घकालिन व्यवस्थापन गरिनु पर्नेमा जोड दिईन् ।

कार्यक्रममा वडाध्यक्ष देवकोटाले बढ्दो बजारिकरणले फोहर व्यवस्थापनमा चुनौती थपिएकाले त्यसको व्यवस्थापनका लागि सबैको सहयोग तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे । युएनडिपीबाट आउनु भएका प्राविधिक श्रोत व्यक्ति सुदिप श्रेष्ठले कार्यक्रमका सहभागीहरु लाई जैविक मल को आवश्यकता र महत्व बारे जानकारी सहित कम्पोस्ट बिन मार्फत जैविक मल बनाउने विधिबारे तालिम दिएका थिए ।
निड्सले प्रगतिशिल टोल र जनजोती टोलक ासहभागीलाई वितरण गरिएको हो । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले समुदायहरुमा घर आगनको सफाई गर्ने र घरको फोहर बाटो तथा खोला नालामा फल्ने कार्य निरुत्साहित गर्न कम्पोस्ट बिन वितरण गरिएको बताए ।
भीमदत्त नगरपालिका र युएनडिपीको आर्थिक झेदारीमा निड्स नेपालले जुन २०२१ देखि जुलाई २०२२ सम्म संचालन गरेको हरित पुनःउत्थान प्रवर्द्धन परियोजनामार्फत पहिले नै छनौट गरिएका टोल हरुलाई लक्षित गरि कम्पोस्ट बिन वितरण गरिएको हो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्