महेन्द्रनगर । नेपालको पश्चिमी नाकामा रहेको कञ्चनपुर भन्सार कार्यालय पाँच महिनामा १५ करोड ८२ लाख ७७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालय चालु आर्थिक वर्ष २०७९\८० को पाँच महिनामा उक्त राजस्व संलन गरेको हो । भन्सार राजस्व भने लक्ष्य अनुसार संकलन हुन सकेको छैन् ।
आयातमा कडाई हुृदाँ देशभरमा भन्सार राजस्वमा गिरावट आईरहदाँ त्यसको असर कञ्चनपुर नाकामा पनि देखिएको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार श्रावणमा तीन करोड, भदौमा तीन करोड ५६ लाख १२ हजार, असोजमा तीन करोड ४७ लाख ६७ हजार, कार्तिकमा दुई करोड ७६ लाख ३८ हजार र मंसिरमा तीन करोड आठ लाख ८७ हजार राजस्व संकलन भएको छ ।
भन्सार कार्यालयले श्रावण देखि मंसिरसम्म २३ करोड १६ लाख पाँच हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ५९ करोड ९७ लाख राजस्व संलन गर्ने लक्ष्य दिएकोमा हाल लक्ष्यको २६ दशमलव ३९ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । पाँच महिनामा १५ करोड राजस्व संकलन गरेको भन्सार कार्यालयले सात महिनामा ४४ करोड राजस्व संकलन गर्नेमा कठिन देखिन्छ ।
कञ्चनपुर भन्सार कार्यालय प्रमुख ध्रुवराज विश्वकर्माले आयातमा कडाँइ गरिसँगै राजस्व संकलनमा कमि आएको बताए । उनका अनुसार भारतसँग व्यापारका लागि सडक पुर्वाधार सहज नहुदाँ यस नाकाबाट उल्लेख मात्रामा आयात तथा निर्यात हुन सकेको छैन । शारदा ब्यारेजमा रहेको पुलको क्षमता १० टन मात्रै हुदाँ ठुलो परिमाणमा वस्तु आयात तथा निर्यात गर्न कठिनाई हुने गरेको छ ।
यस नाकाबाट खाद्यान्न, तरकारी, लत्ता कपडालगायतका दैनिक उपभोग्य सामाग्री बढी मात्रामा आयात हुने गरेको छ भने हाल निर्याप्त शुन्य प्रायः छ । नेपालमा आयात गरिने विभिन्न वस्तुमा पतित पत्र (एलसी) जारी भएपछि यस नाकाबाट हुने आयात ह्वातै घटेको छ । वैदेशिक मुद्राको सञ्चितीकरणलाई मध्यनजर गर्दै सरकारले विभिन्न वस्तुको आयातमा लगाएको रोकका कारण देशभरका भन्सार कार्यालयको राजस्व संकलनमा प्रभावित भएको छ ।
