अमर शहिद आधारभुत विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा कडेल

महेन्द्रनगर । कञ्चनपुरकाे भिमदत्त नगरपालिका १८ स्थित अमर सहिद आधारभुत विधालय व्यवस्थापन समितिकाे अध्यक्षमा विष्णु प्रसाद कडेल चयन भएका छन् । बिहीबार भएकाे अभिभावक भेलाले कडेललाई व्यवस्थापन समितिकाे अध्यक्षमा चयन गरेकाे हाे । कडेल राजनीतिसँग समाज सेवामा पनि सक्रिय छन ।
कडेलकाे अध्यक्षतामा नाै सदस्यीय समिति गठन गरिएको छ ।
निरु वागचन, गंगा दमाई, दिलसरा कामी, साेमराज जाेशी, दुर्गा केसी, प्रमिला जैरु सदस्यमा चयन भएका छन् । त्यस्तै सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक हरिश प्रशाद जाेशी रहेका छन भने कार्यक्रम वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटाकाे विशेष उपस्थिति रहेकाे थियाे । नवनिर्वाचित अध्यक्ष कणेलले विद्यालयकाे सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि काम गर्ने बताएका छन् । साथै वडाध्यक्ष देवकोटाले पनि विद्यालयकाे भाैतिक र शैक्षिक गुणस्तर सुधारमा पालिका र वडाबाट आवश्यक सहयाेग गर्ने प्रतिवद्दता जनाए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्