निङ्गाशैनी बहुउद्देश्यीय सहकारी पुरस्कृत, स्थापना दिवसमा रत्तदान कार्यक्रम गदैँ

महेन्द्रनगर । कञ्चनपुरको निङ्गाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुरस्कृतका लागि घोषणा भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औ साधारण सभाका अवसरमा शनिबार सहकारी बैंकसँग उत्कृष्ट नियमित कारोबार विधामा निङ्गाशैनीलाई पुरस्कृत घोषणा गरिएको हो
सहकारी बैंकले साधारण सभामा विभिन्न विधामा उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । सोही कार्यक्रम अन्र्तगत निङ्गाशैनी सहकारी बैंकसँग नियमित कारोबार गर्ने उत्कृष्ट घोषणा गरिएको हो ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले सहकारीले नियमित रुपमा बैंकमार्फत कोरोबार गदैँ आएको बताए । उनका अनुसार नौ हजार सात सय ९५ शेयर सदस्य रहेको यस सहकारीको शेयर पुजी दुई करोड ९८ लाख ६८ हजार रहेको छ भने बचत १५ करोड ६८ लाख रहेको छ ।
त्यस्तै २३ करोड ७० लाख ऋण लगानी गरेको निङ्गाशैनीको ऋणी संख्या एक हजार सात सय ४६ जना रहेको छ । सहकारीको संस्थागत जी दुई करोड १० लाख रहेको छ ।
स्थानपना दिवसमा रत्तदान गदैँ
२०६६ सालमा स्थापना भएको निङ्गाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार स्थापना दिवस मनाउँदै छ । स्थानपना दिवसको अवसरमा पुष १९ गते सहकारीको गोबरियास्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने महेन्द्रनगरस्थित अनाथालमा बालबालिकालाई खाना खुवाउने कार्यक्रम पनि रहेको सहकारीका कार्यकारी अधिकृत भाटले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्