‘विकासका लागि सामुहिक प्राथमिकतासहित जन सेवक बन्ने प्रण गराैँ’: नेता रावल


कञ्चनपुर। नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विकासका लागि सामुहिक प्राथमिकता आवश्यक रेहकाे बताएका छन ।
सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठकलाई पहिलो पटक सम्बोधन गर्दै नेता रावलले विकासमा सामुहिक प्राथमिकता आवश्यक रहेकाे औल्याउदैँ जनता मालिक नभई सेवक भएर काम गर्न सबै नवनिर्वाचित प्रदेश सभा सदस्यलाई आह्वान समेत गरे । पहिलाे सम्बाेधन क्रममा नेता रावलले सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण भए पनि सहकार्यको संस्कृति नहुँदा विकासमा पछाडी परेको बताए।
‘भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिपूर्ण रहेको हाम्रो प्रदेश आफैमा अपि नाम्पा, सैपाल, जेठी बहुरानी हिमालको ताजले सुशोभित छ,’ उनले भने, ‘यो प्रदेश देवभूमिका रुपमा विद्यमान छ, जैविक विविधताले भरिपूर्ण सुदूरपश्चिम विकासको पर्खाइमा बसेको छ।’
यद्धपी, सम्भावना धेरै भएपनि सहकार्य नहुँदा आफूहरु अझै पछौटे जीवन निर्वाह गर्न बाध्य रहेको उनले बताए। 
‘अझै हामी पछौटे जीवन निर्वाह गर्दैछौं। कारण एउटै छ, हामीबीच सहकार्यको संस्कृत छैन,’ उनले भने, ‘हामी विकास गर्ने होइन्, खाने बनेका छौं, हामीले आउने पुस्तालाई पत्याउन सकेका छैनौं।’
विगतको संसदले दीर्घकालीन योजना दिन नसकेको उनको भनाइ थियो। ‘हामीले दीर्घकालीन योजना पनि दिन सकेका छैनौं, पहिलो पटक सदन बन्दा ५०/१०० वर्षे योजना बन्ने विश्वास थियो,’ उनले भने, ‘त्यसै नीति अनुसार सुदूरपश्चिम अगाडि बढ्ने विश्वास थियो तर त्यो पुरा हुन सकेन। हामीले पाँच वर्षका लागि मात्रै योजना पायौं।’
नेकपा एमालेका पोलिटव्युरो सदस्य र सुदूरपश्चिमका सह–इन्चार्जसमेत रहेका पाका नेता रावललाई केही दिन अघि पार्टी बैठकले संसदीय दलको नेतामा चयन गरेको थियो।
२०५४ सालमा कञ्चनपुर जिल्ला विकास समितिको उपसभापति भएपछि नेता रावलले कुनै पनि राजकीय पदमा अवसर पाएका थिएनन्। यसपटक पार्टीले रावललाई समानुपातिक सांसद बनाउदै संसदीय नेतृत्वको जिम्मेवारी दिएको हो। उनी राजनीतिसँगै सुदूरपश्चिमको इतिहास लेखनमा पनि सक्रिय छन्। 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्