महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले चार दिन बिदा दिएको छ। भीमदत्तले आजबाट चार दिन चिसाे बिदा दिएकाे हाे । बिहिबार पठनपाठनका लागि विद्यार्थी र शिक्षक विद्यालय पुगि सकेपछि नगरपालिकाले बिदा दिएकाे सुचना १० बजेपछि मात्रै जारी गरेको छ। सुचना ढिलाे जारी भएपछि बिदामा पनि अधिकांश विद्यालय सञ्चालन भईरहेका छन ।
चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगरपालिकाले चार दिन बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ। नगरपालिका भित्रका शैक्षिक संस्थाहरु पुस २१ देखि २४ गतेसम्म बन्द हुनेछन्।
