सुदूरकाे भाकामा जे आरको ‘मेरी इजु’ (भिडियो)

महेन्द्रनगर ।  बैतडीका लोक देउडा कलाकार जे आरको मेरी इजु नामको देउडा गीत सार्वजनिक भएको छ । सुदूरपश्चिमकाे परम्परालाई कलामार्फत झल्काईएकाे उत्त गित जेआर भट्ट यूटयूब च्यानबाट शुक्रबार गीत सार्वजनिक भएको हो ।

टिकटकमा देउडा वाचन गरेर पछिल्लो समय भाइरल बनेका जे आरले गाउँघरतिर गायीने मौलिक गीत मेरी इजुको भाका सङ्कलन गरि गीतमा केही नयाँपन दिएका छन् । जे आर भट्टले शब्द सिर्जना गरेको उक्त गीत भुमीराज थापाले एरेन्ज,सेर बोहराले मिक्सिङ गरेका छन भने गायीका गौरी भट्ट र जे आर भट्टले स्वर दिएका छन् ।

 छोरीको पराइ घर जाँदाको पीडालाई गीतको शब्द मार्फत प्रस्तुत गरिएको छ भने पुरानो चालचलन र परम्परालाई गौरव जोशी र जे आर भट्टले डोटेली भासाको र्याप मार्फत व्याख्या गरेका छन् । जे आर भट्ट र झरना बोहराले अभिनय गरेको म्युजिक भिडियो पुष्प भट्टले छायांकन,मासुम विष्टले निर्देशन र बिष्णु खड्काले सम्पादन गरेका छन् ।

यसका साथै उक्त भिडियोमा बाशुदेव भट्ट, किशु पन्त, अमृत नाथ, दिपक भट्ट, मनोज भट्ट, रबि सानु, उमाकान्त जोशी तथा धिरज बुढाको समेत अभिनय रहेको छ भने श्रृङ्गार गायत्री भट्ट (गीत)को रहेको छ ।

बैतडीको खोड्पेमा जन्मिएका जे आर सानै उमेरदेखी प्रत्यक्ष देउडा खेल्दै आएका छन् । उनले यस अघिपनि केही गीतहरुमा शब्द सिर्जना र केही देउडा गित आफैले गाएका छन् । पछिल्लो समय जे आर भट्ट समाजिक सञ्जालहरुमा देउडा प्रस्तुत गर्दै लाखौं दर्शकमाझ छुट्टै पहिचान बनाउँदै आएका छन ।

 नव उदित कलाकार जेआर संस्कृति जगेर्ना गर्ने उद्देश्यले सुदूरका डेउडा खेलहरूको प्रर्वद्धन गरिरहेका छन् । प्रत्यक्ष देउडा खेल्ने जेआर, टिकटकबाट एकाएक भाइरल भएर  अहिले सबैको लोकप्रिय कलाकार बनेका छन् । अगामी दिनमा पनि संस्कृति जगेर्ना गर्ने खालका देउडा गीत दर्शक स्रोतामाझ ल्याउने उनले बताए । 

भिडियो

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्