महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सहिदको शालिकमा माल्यारोपण गरेका छन् ।

बिहिबार गृह नगर महेन्द्रनगरमा शहिद दशरथ चन्द, पुष्पलाल, भीमदत्त पन्त र जननेता मदन भण्डारीको शालिकमा माल्यारोपण गरेका हुन् । माल्यारोपणपछि संक्षीप्त प्रतिक्रिया दिदैँ मुख्यमन्त्री रावलले सहिदले दिएको एकताको सन्देशलाई लिएर आफु अघि बढ्ने बताए ।

उनले संकेतिक रुपमा माल्यारोपण गरि राष्ट्रका लागि योगदान दिने सबै सहिदलाई सम्झीएको बताउँदै सुदूरपश्चिमलाई एकताको भावना अघि बढाउने प्रतिवद्धता जनाए ।

‘यो जनताले दिएको मायाले सुदूरपश्चिमवासीको सेवक बन्न पाउ यहि प्रेरणाका साथ अघि बढ्दैँछु ।’ उनले भने ‘सर्वहारा वर्ग, श्रमजीवि किसानकोबिचमा जाने सवालमा अघि बढ्नेछु ।’ बुधबार नेकपा एमालेबाट मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज पद तथा गोपयनिताको सफथ लिदँै छन् ।
