रेडक्रस सोसाइटी दोधरा चाँदनीको कार्य समिति सदस्यमा पन्त चयन

महेन्द्रनगर । नेपाल रेडक्रस सोसाइटी दोधरा चाँदनीको नयाँ कार्य समिति चयन भएको छ । शनिबार गोपालदत्त जोशीको अध्यक्षतामा ११ सदस्यस्य कार्य समिति चयन भएको हो । कार्य समितिमा लामो समयदेखि रेडक्रसमा क्रियाशिल युवा धर्मानन्द पन्त पनि सदस्यमा निर्विरोध चयन भएका छन् ।
तत्कालिन महाकाली आर्दश नि.मा.वि.बाट जुनियर रेडक्रममा आवद्ध भएका पन्त सदस्यमा चयन भएका हुन् । उनी २०६१ सालमा जुनियर रेडक्रमको उप सभापती समेत बनेको थिए ।
सामाजिक कार्यमा सक्रिय पन्तले समाजे सेवाका कार्यलाई निरन्तर अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्