अरुको आखाँले संसार हेरी रहेका भोजराज भन्छन्: कसैको नेत्र दानले जीवन पाए

महेन्द्रनगर । २०७७ साउनमा भोजराज रानाको एक्कासी आखाँ दुख्न थाल्यो । रोपाँईको समय भएकोले खेतमा काम गर्दा माटो पसेको हुनसक्ने उनले अनुमान गरे । तर निरन्तर आँखाको दुखाई बढ्न थालेपछि उनी महेन्द्रनगर आखाँ अस्पताल पुगे । केही हप्ता अस्पतालले दिएको औषधि सेवन गरे । तर आखाँको दुखाई निको भएन् । भीमदत्त नगरपालिका–१६ का स्थानीय समेत रानाले कोरोना संक्रमण कारण गरिएको लकडाउनले उपचारका लागि बाहिर जान पाएनन् ।

कोरोनाकाल कै समयमा रानाले बाँया आखाँको ज्योति गुमाई गुमाए । ज्योती गुमेपछि उनी कैलालीस्थित गेटा आखाँ अस्पताल पुगे । डाक्टरले आखाँमा भाईरसको संक्रमण भएकाले कर्निया(नानी) नै नष्ट हुन लागेको बताए । भाईरसले नानी नष्ट गरेकोले नयाँ नानी हाल्नुपर्ने डाक्टरले सुझाव दिए । डाक्टरको आखाँ नै फेर्नुपर्ने सुझाव दिएपछि आखाँ कहाँबाट ल्याउने भनेर केहि समय आफु अलमल्लमा पारेको रानाले बताए ।

कर्निया प्रत्यारोपणपछि आखाँको ज्योतीको पाएका राना आफ्नो अनुभव सुनाउदैैँ

‘अस्पतालमै अरुले दान गरेको आखाँ हुदो रहेछ ।’ बुधबार महेन्द्रनगरको मदन चोकमा भेटिएका रानाले भने ‘डाक्टरले नयाँ आखाँको नानी प्रत्यारोपण गरिदिएपछि मैलै ज्योती फिर्ता पाए, अरुको आखाले पनि संसार देखिदो रहेछ भन्ने अनुभव गरे ।’ लायन्स अफ महाकाली महेन्द्रनगरले महेन्द्रनगरमा आखाँ दानको कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा उनी आखाँ दानले ज्योति गुमाएकाले व्यक्तिहरुले पुनः संसार देख्न पाउछन् भन्ने उदाहरण समेत बनेका थिए । उनले आफु जस्तै आखाँ ज्योति गुमाएका व्यक्तिहरुको उपचारका लागि आखाँ दान गरि दिन समेत कार्यक्रममा आग्रह गरे ।

नेत्रदानबारे जनचेतनामुलक सामाग्री प्रदर्शन गदैँ युवाहरु

‘आँखा दानका बारेमा धेरैलाई भ्रम पनि हुन सक्छ ।, आँखा दान गर्ने भनेको आँखाको डल्लै दान गर्ने होइन ।’ महेन्द्रनगरका सिनियर लायन्स एंव्म समाजसेवी डा. भोजराज पन्तले भने ‘आँखाको कालो भाग (कर्निया) अर्थात् नानी प्रत्यारोपण गर्ने हो ।, मृत्यु भएको मानिसको कर्निया निकालेर अर्को मानिसमा प्रत्यारोपण गर्न सकिन्छ ।’ सोहीबारे जानकारी दिन सचेतना मुलक कार्यक्रमसहित लायन्स क्लबले महेन्द्रनगरमा नेत्र दान कार्यक्रम गरेको उनको भनाई छ ।

नेपालको तिलगंगा आँखा प्रतिष्ठानमा ‘आई बैंक’ समेत सञ्चालनको रहेको बताउँदै समाजसेवी पन्तले भने ‘आखाँ दान गरेका व्यक्तिको मृत्यु पश्चात अस्पतालको टिम आफैँ आएर नानी लिएर जान्छ ।, आँखा दान सबैले गर्ने हो भने नानी गुमाएकाहरूको उपचार सम्भव हुन्छ ।’ शरीरबाट कर्निया झिकेर दृष्टि गुमाएकाहरूलाई उपचार गर्न सकिने उनको भनाई छ । ‘आखाँ दान गर्ने उसले इच्छाएको व्यक्तिले पनि अनुमति दिनुपर्छ । किनकी दान गर्ने व्यक्तिको आफन्तसमेत सहमत भए भने मात्रै कसैको मृत्युपछि नानी झिक्न सकिन्छ ।’ समाजसेवी पन्तले भने ‘त्यसका लागि हामीले आफन्तको हस्ताक्षर नै राखेका हुन्छौँ ।’

सामाजिक संस्थाको रुपमा अन्तराष्ट्रिय स्तरमै स्थापीत संस्थाले लायन्स क्लबले लायन्य ईन्टरनेसनलका संस्थापक मेल्भीन जोनस्को जन्म दिनको अवसरमा साताव्यापी कार्यक्रम गरेको हो । महेन्द्रनगरका लायन्स तथा लियो क्लबहरुसँगको सहकार्यमा गरिएको साता व्यापी कार्यक्रम अन्तरगत बह्मदेवमा निःशुल्क स्वास्थ्य चेकजाँच शिविर, विपन्न वस्तीमा न्यानो लुगा वितरण, रत्तदान कार्यक्रम र वृद्ध सेवा केन्द्र रौटेलामा खिर खुलाउने कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा महेन्द्रनगरका लायन्स तथा लियोहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्