महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति दुई अर्ब नाघेको छ । सहकारीले बिहिबार सार्वजनिक गरेको वित्तिय विवरण अनुसार हाल उदयदेवको कुल सम्पत्ति दुई अर्ब तीन करोड ४७ लाख ६६ हजार पाँच सय ६३ रहेको छ ।
सहकारी विभागको २०७९ साउन ३१ को निर्देशन अनुसार सहकारी पुष मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको सहकारी प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिए । उनका अनुसार सहकारीले नियमित रुपमा आफ्नो वित्तिय विवरण सार्वजनिक गर्दै आएको छ ।
सहकारीले जारी गरेको वित्तिय विवरण अनुसार उदयदेवको हालसम्मको कुल बचत एक अर्व ४० करोड १८ लाख ४४ हजार, लगानीमा बाँकी एक अर्व ५७ करोड ९३ लाख ९२ हजार रहेको छ ।
त्यस्तै शेयर पुजी १७ करोड ७७ लाख २८ हजार, जगेडा सात करोड नौ लाख अन्य कोष आठ करोड ९५ लाख ६५ हजार रहेको छ भने संस्थागत पुजी १५ करोड २९ लाख ५३अ हजार रहेको छ ।
२८ हजार दुई सय ६८ शेयर सदस्य रहेको यस सहकारीमा ऋणी सदस्य संङख्या १० हजार सात सय ८२ रहेका छन् ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा सेवा केन्द्रमार्फत कारोबार गरिरहेको उदयदेव सहकारीलाई गत महिना राष्ट्रिय सहकारी बैंकले देशभरमै उत्कृष्ट सहकारीको घोषणा समेत गरेको थियो । २०५४ साल बैशाख २१ गते २५ जना शेयर सदस्यले जनही ४० हजार संकलन गरि सहकारी सञ्चालनमा ल्याएको थिए ।
यस्तो छ वित्तिय विवरण
