महेन्द्रनगर । उद्योग वाणिज्य संघले आयोजना गदैँ आएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आजबाट सुरु हुदैँछ । ‘कृषी उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार मुल नारा रहेको कञ्चनपुर पर्यटन महोत्सव १४ औँ संस्करण सोमबाट महेन्द्रनगरको खुला मञ्चमा सोमबारबाट सुरु हुन लागेको हो ।
महोत्सवको प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)ले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दहाललाई महोत्सवको उद्धघाटनका लागि संघको टोली बालुवाटार पुगेर आमन्त्रण गरेको थियो । प्रधानमन्त्री दहालले कञ्चनपुर पर्यटन महोत्सवको दोस्रो पटक उद्धघाटन गर्न लागेका हुन् ।
उनले २०६५ सालमा आयोजिक मेलाको कञ्चनपुर पुगेर उद्धघाटन गरेको थिए । महोत्सवको सम्पुर्ण तयारी पुरा भईसकेको उद्योग वाणिज्य संघ कञ्चनपुरको महासचिव खगेश्वर बोहराले बताए । उनका अनुसार मेलाका लागि आवश्यक सम्पुर्ण तयारी भईसकेको छ । मेलामा स्थानीय उत्पादनसहितका दुई सय वटा स्टलहरु रहने आयोजकले जनाएको छ । मेलामा लघु उद्यय, कृषी पर्दशनी, पर्यटन प्रवद्र्धन, निर्माण सामाग्री तथा औजार, सुचना प्रविधि तथा विद्युतीय सामाग्री, दैनिक उपभोग्य सामान, गर्मेन्टस, जुता चप्पल, वैकल्पीक उर्जा, फुड स्टल, अटो पर्दशनी, सास्कृतिक कार्यक्रम, हस्तकला, बाल उद्यान, सर्कस, शिक्षा, स्वास्थ्य क्षेत्रलगायत बैंक तथा वित्तिय सेवाको प्रदर्शनी रहनेछ ।
त्यस्तै मेलामा स्थानीय तथा राष्टिूय कलाकारहरुको सांगितक प्रस्तुती रहेन आयोजकले जनाएको छ । २०३९ सालमा स्थापना भएको कञ्चनपुर वाणिज्य संघले २०५७ सालदेखि मेला आयोजना गर्न सुुरु गरेको हो । संघले २०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७१, ०७२, ०७३, ०७४, ०७५ र ०७६ सालमा गरि १३ पटक मेलाको आयोजना गरिसकेको छ । संघ महासचिव बोहराले मेला स्थानीय उत्पादन बजारीकरण र व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने बताए । ‘यस क्षेत्रका आर्थिक गतिविधिलाई गतिशिल बनाउन मेलाले सहयोग पुग्छ ।’
महासचिव बोहराले भने ‘हाम्रा विकासका सवालहरुलाई कार्यान्वयनका जोड दिन प्रधानमन्त्री ज्युलाई आग्रह गरेका छौँ, उहाँले यहाँको विकासका आयोजनाबारे प्रतिवद्धता जनाउनु हुन्छ ।’ साथै उनले महोत्सवमा सहभागीताका लागि आम जनसमुदायमा आग्रह पनि गरे ।
प्रधानमन्त्रीले सुक्खा बन्दरगाहको अवलोकन गर्नेप्रधानमन्त्री दहालले दोधराचाँदनी नगरपालिकामा प्रस्तावित सुक्खा बन्दरगाहको अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनले सोमबार सुक्खा बन्दरगाह क्षेत्रसँगै महाकाली पुल आयोजनाको पनि अवलोकगन गर्ने बताईएको छ । प्रधानमन्त्रीमा नियुक्त्त भएपछि पहिलो पटक सुदूरपश्चिम आउन लागेका दहालले कैलालीको गेटामा निर्माणा गरिएको मेडिकल कलेजको पनि अवलोकन गर्ने कार्यतालिका रहेको छ ।
