जगदिश चन्द्र भट्ट
पछिल्लो समयमा देशका सानादेखि ठुला व्यापारिक केन्द्रहरुमा विभिन्न किसिमका मेला महोत्सव आयोजना भईरहेका छन । व्यापारिक संघ संस्थाले मात्रै नभई अन्य सामाजिक संस्थाहरुले पनि मेला महोत्सवको आयोजना गर्ने गरेका छन । सामान्यतय मेलामा सर्वसाधारणले घुमफिरको उद्देश्य सस्तोमा सामानहरु खरिद गर्ने, पिङ्ग खेल्ने र सांगीतिक प्रस्तुतीमा रमाउने नै हुन्छ ।
यस आलेख हामी मेला महोत्सवको बहुआयामिक पक्षहरुको बारेमा चर्चा गर्नेछौँ । खास गरि उद्योग वाणिज्य संघले आयोजना औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवका बहुआयामहरु छन । यसले आर्थिक , सामाजिक तथा मनोसामाजिक तीन वटै पक्षलाई समेटद्छ ।
मेलाले नयाँ प्रविधि, वस्तु तथा सेवासँग उपभोक्ताको पहुच जोड्ने मात्रै नभई हाम्रो सामाजिक सम्बन्धहरुको पुर्नर मिलन पनि गराउँछ । त्यसकारण मेला व्यवसायीहरुका लागि मात्रै आम उपभोक्ता दर्शकहरुका लागि उत्तिकै महत्वपुर्ण छ । मेला, टे«ड फेष्टीवल मात्रै नभई हाम्रो परम्पराको रुपमा पनि विकास हुदैँ गएको छ । पछिल्लो समयमा महोत्सव आयोजकहरुले स्थानीय उत्पादन, कला संस्कृतको संरक्षण सम्बद्र्धनमा जोड दिएको पाईन्छ । जुन अन्त्यतै सुन्दर पक्ष पनि हो ।
कोरोना संक्रमणपछि समग्र विश्व अर्थतन्त्र धरासायी बनेको छ । नेपालमा पनि त्यसको भुक्तभोगी छ । जसको परिणाम स्वरुप हाम्रा अधिकांस आर्थिक सुचकहरु ऋणात्मक छन । विषम आर्थिक परिस्थितिबाट मुक्तीका लागि सबै क्षेत्रबाट हातेमालो हुन जरुरी छ । कोरोनापछि अर्थतन्त्रले पुर्ण रुपमा लय समाति सकेको अवस्था छैन् । कोरोना संक्रमणपछि आम उपभोक्ताको व्यवहारमा पनि परिर्वतन भएको छ । बजार अझै पुर्ण रुपमा खुलेको अनुभुति उपभोक्ताले गर्न सकेका छैनन् । यस्तो अवस्था भईरहेका मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्वपुर्ण भुमिका रहन्छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा यहि फागुन १ गतेदेखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव सोमबारबाट सुरु हुदैँछ ।
विगत १३ वर्षदेखि हुदैँ आएको महोत्सवले यस क्षेत्रका आर्थिक मुद्धाहरुलाई स्थापीत गदैँ आएको छ । महोत्सवमा हुने विभिन्न उत्पादनको प्रदर्शनीले बजारीकरण र व्यवसाय पवद्र्धनमा सहयोग पु¥याउने गरेको छ । यस्ता प्रदर्शनी मुख्य उद्देश्य खास लक्षित समूहका उपभोक्तालाई जानकारी दिने र आफ्ना उत्पादनहरु आम बिक्री गर्नु हो । त्यस्तै उपभोक्ताले पनि बजारमा आएको नयाँ प्रविधि र उत्पादनबारे जानकारी प्राप्त गर्दछन् । स्थानीय र परम्परागत सीप तथा संस्कृतिमा आधारित उत्पादनहरुको बारेमा अरुलाई बताउने, सिकाउने अवसर मेला सिर्जना गर्छ । विभिन्न जातजातिहरुका पोशाक, खानपान, बसाइ, पकाउने तरिका र खानेकुराहरुको बारेमा
जानकारी लिने ठाउँ मेला महोत्सव बन्नु पर्दछ । त्यसले मानिसको सिकाईमाख सहयोग पुग्छ । मेलामा प्रस्तुत गरिने गीत, संगीत र नृत्यलगायतका सांगितिक प्रस्तुतीले दर्शकलाई मनोरंजन मात्रै दिदैन् त्यसबाट संस्कृति सिक्ने र व्यवहारमा उतार्ने अवसरसमेत प्रदान गरिरहेको हुन्छ ।
त्यस्तै मेलाहरुमा स्थानीय स्थानीय कला संस्कृतीलाई पनि उचित स्थान दिनुपर्छ । नवउदीत क्षमतावान कालकारलाई परिचित र स्थापित हुने अवसर पनि महोत्सवले प्रदान गर्नु
पर्दछ । सुदूरपश्चिमको कला, संस्कृतीको प्रवद्र्धनमा महोत्सव सहयोगी साझेदार बन्नुपर्छ । त्यसले मेलाको सांस्कृतिक गरिमालाई पनि उचो बनाउँछ ।पर्यटन उद्योगको विकास पर्यटन उद्योग नेपालका लागि सुनौलो उद्योगको रुपमा विकास भईरहेको छ । यहाँ पर्यटकीय क्षेत्रहरुको अथाह सम्भावनाहरु छन् । पर्यटन व्यवसाय पनि उद्योगको एउटा पाटो भएकोले हरेक दिन यसमा नयाँ अभ्यास र नयाँ पहिचान भैरहेको देखिन्छ । मानिसमा घुम्ने बानीको विकास भैरहेकोले पर्यटन व्यवसायी, उद्यमीहरुले उनीहरुको घुमघामलाई सहयोग पु¥याउने सेवा, सुविधा र प्रविधिको विकासमा ठूलो लगानी गरिरहेका छन् । नेपाल सबै किसिमका पर्यटकको लागि उपयुक्त थलो भएकोले विगत देखि नै विदेशीहरु घुम्नको लागि नेपाल आउने गरेकोमा पछिल्लो दशकमा नेपालीहरु पनि देशभित्रै घुम्न निस्कन थालेका छन् ।
तर हाम्रो क्षेत्रमा रहेका अति सुन्दर रमणिय पर्यटकीय क्षेत्रको पर्यटक पुग्न सकेका छैनन् । त्यसको प्रचारप्रसार र प्रवद्र्धन हुन सकेको छैन । त्यसैले मेला,महोत्सव आफैमा पनि पर्यटनका क्षेत्रहरु हुन् । त्यसलै यस्ता महोत्सवहरुमा स्थानीय पर्यटकीय स्थलहरुको प्रयाप्त प्रचारप्रसार, सुचना र जानकारी दिने स्टलको पनि व्यवस्था गरिनु पर्छ ।
मेलामा पर्यटकीय स्वभावका मानिसहरु पुग्ने भएकोले मेला महोत्सव पर्यटन प्रवद्र्धनको राम्रो अवसर पनि हो । त्यसलाई हामीले ग्रहण गर्न जरुरी छ । कोरोना संक्रमणपछि पर्यटन उद्योगमा पनि ठुलो क्षती भएको छ । विश्व आज काभिड–१९ पछिको अर्थतन्त्रलाई सबल बनाई जनताको जीवन सरल बनाउने दिशातर्फ अघि बढेको छ । बजारको खस्कदो आर्थिक अवस्थाले व्यवसायीहरुमा पनि निरासा र अनिश्चता छाएको छ । व्यवसायबाट पलायन हुनेसम्मको अवस्था सिर्जना भएको छ ।
यस्तो अवस्थामा महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउँदा व्यवसायीमा उर्जा थपिनेछ । उहाँहरुको मनोबल महोत्सवले बढाउने छ । निजि क्षेत्र जीवन मरणको सवालमा भईरहँदा राज्य पक्षबाट भने यसलाई सबल बनाउने प्रयासहरु न्युन छन । सानो अर्थतन्त्र रहेको हाम्रो देशमा सरकारले केही रकम बजारमा पठाउन सके बजारले एउटा गति लिने थियो । आम जनता र व्यवसायी आर्थिक सुचक धनात्मक भएर अर्थतन्त्र सुधार हुने आशामा छन । राज्य पक्षबाट सोही अनुरुप आशातीत प्रतिफलका लागि सिघ्र कदम चल्न जरुरी छ । संघिय गणतन्त्रात्मक राज्य व्यवस्थाको दोस्रो कार्यकालका लागि सबै तहको निर्वाचनमा जनताले उल्लेख्य सहभागीता जनाए ।
नयाँ सरकार पनि बने । त्यसबाट देशको आर्थिक अवस्था सुधार भएर सुखि नेपाली समृद्ध नेपालको आकाक्षा पुरा होस भन्ने आम जन चाहाना रहेको छ । केन्द्रीकृत शासन प्रद्धतीदेखि नै पछाडी पारिएको सुदूरपश्चिम नयाँ व्यवस्थापछि पनि अपेक्षाकृत विकासको गति पाउन सकेको छैन । यहाँका अपार सम्भावनाको खोजी र युवामाथि लगानी हुन सकेको देखिदैन् । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि होटल र पर्यटन क्षेत्रमा काम गरिराख्दाखेरी सुरुवाती अवस्थामा यस क्षेत्रमा लाग्न मलाई प्रोत्साहित गर्ने माध्यम केही थिएन् । तर यहि ठाउँमा खोज्न सके सम्भावना छ, केही गर्न सकिन्छ भन्ने आत्मविश्वासले नै मलाई पर्यटन व्यवसायी बन्न प्रेरित ग¥यो । यहाँ छलफल, चर्चा, परिचर्चा कुरा धेरै हुने तर हकिकत निकै फरक पाईन्छ । प्रेरित गर्ने भन्दापनि हतोत्साहित गर्ने प्रवृत्ति हावि देखिन्छ । अन्तः सजिलो बाटोबाट नयाँपनका सम्भावनाहरु कल्पीन सक्छन् ।
पश्चिमका सम्भावनाहरुलाई पहिचान गरि कार्यान्वयन गर्ने हो भने यहिबाट समृद्धीको ढोका खुल्छ । यस क्षेत्रका निजि व्यवसायीको लामो पहलपछि महाकाली नदीमा निर्माण भईरहेको चार लेनको पुलले सानो समृद्धीको आशा किरण लिएर आएको छ । पुल परियोजनाको मास्टर प्लान अनुसार बने गड्डाचौकीदेखि महाकाली नदीको किनारै किनार नयाँ सडकको यात्रा, भविष्यको रिभर साईड, आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ, नदीका किनार सडकको एकतिर अत्याधुनिक सुविधा सम्पन्न होटल, रेष्टुरा, लजहरु, अन्य यस्तै आकृषक संरचनाहरु कल्पना गर्दा पनि मन आनन्दीत हुन्छ । यसले मुर्तरुपमा पाउने हो भने साँचिकै पश्चिमको समृद्धी धेरै टाढा छैन ।
म सोच्न बाध्य हुन्छु । सम्भव छ त ? काम गर्न सक्ने आँट जागर भएका हाम्रा युवाहरु जो आज भारत लगायत संसारका विभिन्न देशहरुमा रोजगारीका लागि गएका छन् । त्यहाँ होटललगायत विभिन पेसामा काम गरिरहेका छन् । उनीहरु आफ्नै भुमीमा केही गर्छु भनी फर्केलान् ? स्वदेशको माटोमा पसिना बगाउन तयार होलान् ? दुवै, कतार, सिंगापुरमा जसरी युवा जनशक्तीको श्रमले बनेको छ । हाम्रा युवाहरु रहरले होईन बाध्यताले विदेशिएका छन् । उनीहरुलाई स्वदेश फर्केन मन छ, स्वदेशमै केही गर्न मन छ तर त्यो अवसर राज्यले दिनुप¥यो, वातावरण मिलाई दिनुप¥यो । यस क्षेत्रमा प्रस्तावित आयोजनाको काम द्रुत गतिमा हुने हो भने हाम्रो युवाहरुले विदेशीनु पर्ने बाध्यता कम हुनेछ । दोधराचाँदनीमा सुक्खा बन्दरगाहको निर्माणले भारतसँगको कनेक्टभिटिले हाम्रो अर्थतन्त्रमा ठुलो फड्को मार्न सक्छ । दोधराचाँदनी क्षेत्रमा कुनै विशेष योजना निर्माण गरि सरकारले कुनै प्याकेज र सुविधा दिई लगानी भित्र्याउन अह्वान गर्नुपर्दछ । कर छुट लगायत एकद्धार नीति जस्ता उपायहरु अपनाई निजि क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न आवश्यक छ । दुई वर्ष अघि शिलान्यास गरिएको दैजी(छेला औद्योगिक क्षेत्रको भुखण्डमा उद्योग स्थापनाको वातावरण बन्न सके हाम्रा युवाहरुको स्वदेशमै कही गर्ने चाहाना केहिहदसम्म भएपनि पुरा हुनेछ । प्रादेशिक हिसाबले सुदूरपश्चिमको तुलना गरिरहदाँ सबै खालका मापदण्डहरुमा हाम्रो स्थान सिमाको स्तर उद्योग स्थापना, सेज जोनको विस्तार, स्वास्थ्य सेवा लगायत यातायात सडक सञ्जाल सबैमा पुछारतिर रहेपनि यहाँका सम्भावनाले हामीलाई सधैँ आशावादी बनाई रहन्छ ।
भारतका विभिन्न प्रमुख शहरसँग नजिकको दुरीमा रहेको सुदूरपश्चिम पर्यटन उद्योगको हवको रुपमा विकास हुन सक्दछ । शुक्लाफाँटा राष्टिूय निकुञ्ज, बर्दिया राष्टिूय निकुञ्ज, खप्तड, रामारोशन, अपी हिमाललगायत विभिन्न ताल तलैया, सुन्दर चुरे, देवलस्थान, भगवतीका मन्दीर आस्थाका केन्द्र मनोरम बग्ने नदी र कञ्चन खोलाहरु प्रकृतिले हामीलाई उपहार स्वरुप दिएको छ । अब यि सबै सम्भवनाहरुलाई वास्तविकतामा बदल्ने बेला भएको छ । धनगढी गेटामा अन्तराष्टिूय विमानस्थलको चर्चा सुरु भएको छ ।
महेन्द्रनगरमा निर्माणाधिन मझगाउँ विमानस्थल यो क्षेत्रमा पर्यटनको विकासमा आधारको रुपमा लिन सकिन्छ । पश्चिमी नाकाबाट नजिक रहेको यो विमानस्थल भारतीय पर्यटकको रोजाईमा पर्छ । धार्मिक, साहसिक र प्रकृतको अनुपम आनन्द लिन नेपाल आउन ईच्छुक पर्यटक गन्तव्यहरुसम्म पुग्न दुखद सडक यात्रा मन पराउदैँन । त्यस्तै हवाई मार्ग विस्तारसँगै हाम्रो सडक यातायातको स्तरोन्नती गर्नपर्ने बहुत जरुरी छ । गड्डाचौकी–अत्तरिया सडकखण्डलाई छ लेनको सडक बनाउन अपरिहार्य छ । जसले कैलाली र कञ्चनपुरलाई समान विकासको गतिमा अघि बढ्ने छन् ।
निर्माण भईसकेको गेटा मेडिकल कलेज चिकित्सा विश्वविद्यायलको रुपमा अगाडी बढाउन सके सुदूरपश्चिम चिकित्सा शिक्षाको हवको रुपमा विकास हुने निश्चत छ । यसले समृद्ध सुदूरपश्चिको अर्को आधार तयार हुनेछ । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको स्थापनासँगै महेन्द्रनगर शैक्षीक शहरको रुपमा विकास भईरहेको छ । यसले सुदूरपश्चिमको एउटा पहिचान बनाउने छ र त्यसको लागि सबैको सहयोग आवश्यक छ ।
विकासका लागि दक्ष जनशक्तीको आवश्यकता पर्छ । दक्ष जनशक्ती बिना विकासले गति लिन सम्भव छैन । शिक्षा क्षेत्रमा काम गरिरहेका निजि एंव सामुदायिक विद्यालयहरुको उचित मुल्याङक गरि नयाँ नेपाल निर्माणमा उहाँहरुको साथ र सहयोग लिनु पर्नेछ । त्यस्तै बैकिङ्क र पुजी बजारमा पनि ठुलो परिर्वतन अनिवार्य छ । नयाँ सोचलाई अघि बढाउन प्रोत्साहित बनाउने योजना आउनु्पर्छ । पर्यटनलाई मुख्य उद्योगको हवमा घोषणा गरि राज्यका सम्पुर्ण योजना र नीतिहरु यही अनुरुप तत्काल अभियानको रुपमा सञ्चालन हुन सके हाम्रा सपना पुरा हुनेछ ।
(लेखक भट्ट होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष हुन् ।)