महेन्द्रनगर । कोरोना संक्रमणपछि विश्व अर्थतन्त्र धरासायी भयो । कोरोना संक्रमणले कमजोर बनेको अर्थतन्त्रले पुर्ण रुपमा लयमा फर्कन सकेको छैन् । कोरोनापछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना गरि
रहेको छ । प्रधानमन्त्री पुष्प कमल दहाल(प्रचण्ड)ले सोमबार उद्धघाटन गर्ने महोत्सवको तयारी, व्यवस्थापन र महोत्सव आयोजनाको उद्देश्य तथा अपेक्षाबारे संघका अध्यक्ष पिताम्बर जोशीसँग गरिएको संक्षीप्त अन्तर्वाताको सम्पादीत अंशः
–महोत्सवको तयारी र व्यवस्थापन कसरी भईरहेको छ ?
उद्योग वाणिज्य संघसँग महोत्सव आयोजनाको लामो अनुभव छ । विगतको अनुभवसहित विषम आर्थिक परिस्थितिकाबिच महोत्सवको आयोजना गरिरहेका छौँ । त्यसका लागि मुल आयोजक समितिसँगै अन्य १५ को समितिमार्फत आवश्यक तयारी र व्यवस्थापनको काम भईरहेको छ । सबै समितिले जिम्मेवारी अनुसारको काम गरिरहेका छन् ।
महोत्सवका लागि अतिथि, स्थानीय तथा राष्टिय कलाकारको छनौट, मञ्च व्यवस्थापन, स्टल बुकिङ, स्वयम सेवक परिचालन, सुरक्षा व्यवस्थापन लगायत प्रचारप्रसारको काम सकिएको छ । हामी आम दर्शक र व्यवसायीलाई महोत्सव अवलोकनका लागि आग्रह गरिरहेका छौँ । महोत्सवमा दुई लाख बढीको सहभागीता गराउने संघ लक्ष्य रहेको छ । सोही अनुरुप काम भईरहेको छ । सम्मानीय प्रधानमन्त्रीले उद्धघाटन गर्ने भएकोले महोत्सवको व्यवस्थापन चुस्तद्रुस्त बनाउँछौँ ।
–महोत्सव आयोजनाको मुल उद्देश्य के हो ?
महोत्सवमार्फत हामीले सम्रग देशको ध्यान कञ्चनपुरतर्फ आकृर्षित चाहेका छौँ । देशका सम्मानीय प्रधानमन्त्री ज्युले मेलाको उद्धघाटन गर्नु हुन्छ । उहाँलाई यस क्षेत्रको आर्थिक विकासका योजनाबारे सम्बोधन गर्नुहुन्छ । प्रस्तावित योजनाको कामलाई सिघ्र सञ्चालनका लागि उहाँलाई आग्रह गछौँ । देशभरका व्यवसायीलाई पश्चिम नेपालमा लगानीका लागि अह्वान गछौँ ।
महोत्सवमा उद्यमी र व्यवसायीले प्रत्यक्ष रुपमा आफ्नो उत्पादन तथा सेवालाई उपभोक्तासम्म पु¥याउँछन । महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकतामा दिईएको छ । स्थानीय उत्पादनको बजारीकण, प्रोडक्टको ब्राडिङ, प्रचार(प्रसार र व्यवसायको प्रवद्र्धन गर्ने हाम्रो प्रमुख उद्देश्य रहेको हो । मेलालाई यहाँका व्यवसायीहरुले अवसरको रुपमा लिनु पर्छ, वाणिज्य संघले प्लेटफर्म उपलब्ध गराईने काम हो । मेलाले केवल व्यापारिक मात्रै नभई सामाजिक र सांस्कृतिक रुपमा पनि बहुआयामिक महत्व पनि बोकेका छ ।
स्थानीय कला संस्कृतको प्रवद्र्धन , पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा पनि महोत्सवले सहयोग गर्दछ । व्यवसायीलाई उद्यमी बन्न प्रेरित गर्ने, उत्पादित वस्तुको बजारीकरणका लागि सम्पर्क विस्तार गराउने, आर्थिक र व्यवसायी चेतनाको विकास गराउने, नयाँ प्रविधि र उपकरणकाबारेमा जानकारी दिने लगायतका उद्देश्यहरु रहेका छन् । त्यसका लागि हामीले दुई सय बढी स्टलहरुको व्यवस्था गरेका छौँ । जहाँ सुदूरपश्चिमका नौ वटै जिल्लामा उत्पादित वस्तु र अन्य बाहिरका उत्पादनहरु पनि पाईनेछन् । उपभोक्ताले चाहिए अनुसारको वस्तु तथा सेवा अवसर मेलाले प्रदान गर्नेछ ।
–कञ्चनपुरको व्यवसायीक क्षेत्रलाई कसरी लिनु हुन्छ ?
हाम्रो व्यवसाय परम्परागत भए । व्यवसायीलाई उद्यमशिलता र औद्योगिकरणबारे हामीले बुझाउन सकेका छैनौँ । हाम्रा अधिकांश व्यवसायी टेूडिङ बेस भए । होल सेलरबाट किनेर ग्राहकलाई बेच्ने काममा मात्रै सिमित भए । उद्यमी बन्न सकेन् । त्यसको पछाडी पुजी अभाव, बजारीकरणको समस्या र लगानी मैत्री वातावरण नहुनु लगायतका थुप्रै कारणहरु होलान् । तर पराम्परागत शैलीबाट व्यवसायलाई जिवन्त राख्न चुनौतीपुर्ण छ । अब हरेक व्यवसायी उत्पादनसँग जोडिन आवश्यक छ । आयातमुखि होईन निर्यातमुखि बन्नु प¥यो । यसले व्यवसायी र देशको अर्थतन्त्र सुधार सहयोग पुग्छ । अहिले संगठनात्मक एकताको पनि अभाव हुदैँ गएको जस्तो पनि देखिन्छ ।
व्यवसायीहरुका आ–आफ्ना संगठन भए । त्यसले सम्रग निजि क्षेत्रको मुद्धा कमजोर बनाईरहेको छ । व्यवसायको प्रकृति अनुसारका संगठन बनाउने भन्दा पनि निजि क्षेत्रको साझा संगठन उद्योग वाणिज्य संघलाई बलियो बनाउनुपर्ने आवश्यकता छ । त्यसको आवश्यकता सबै व्यवसायी साथिहरुले महशुस गर्नुपर्छ । संगठनात्मक एकताले मात्रै हाम्रो मुद्धा स्थापित हुन्छन् । हक अधिकारको सुनिश्चतासँगै निजि क्षेत्र फष्टाउने वातावरण बन्छ ।
–कोरोना संक्रमणपछि व्यवसायी अवस्था कस्तो छ ?
समग्रमा अहिले देशको आर्थिक अवस्था बिग्रदो छ । खासगरि कोरोना संक्रमणपछि देशको अर्थतन्त्र आर्थिक मन्दीतिर गईरहेको छ । व्यवसाय दिन प्रतिदिन घट्दैँ गईरहेको छ । व्यवसायी पलायन हुने स्थिति सिर्जना भईरहेको छ । सरकारको ध्यान निजि क्षेत्रलाई राहत दिने र व्यवसायी मैत्री वातावरण सिर्जना गर्नेतर्फ देखिदैँन् । व्यवसायी कमजोर भएभने यसले देशकै अर्थतन्त्र कमजोर बनाउँछ । व्यवसाय राम्रो भए पो सरकारले पनि राजस्व पाउँछ ।
हरेक व्यवसायीको आर्थिक कारोबार घटेको छ । सरकारलाई बुझाउने पर्ने कर घट्दैँ छ । राज्यलाई व्यवसाय घटेकोप्रति चाँसो र चिन्ता छैन । किन व्यवसाय घटिरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न राज्य तयार छैन् । सरकारले निजि क्षेत्रका लागि वातावरण मिलाई दिने हो । अप्ठारो अवस्थामा पुजी लगानी र कर्जा व्यवस्थापन सहज बनाई दिनुपर्ने हो । राज्यले निजि क्षेत्रलाई महशुस हुने गरि काम गरेको देखिदैँन् । जनप्रतिनिधिहरुले जनताका साझा प्रतिनिधि भएर काम गर्नुपर्ने हो । तर आसेपासे र कार्यकर्तालाई मात्रै हेर्ने भए । अर्थतन्त्र सुधारका लागि कतिपय नीतिगत सुधार नै आवश्यक छ । त्यसमा निजि क्षेत्रले बेला(बेलामा उठाउँदैँ आएका मागहरुलाई सरकारले सम्बोधन गरिदिनु पर्छ ।
–सुदूरपश्चिमको आर्थिक विकासलाई कसरी अगाडी बढाउन सकिन्छ ?
उद्योग वाणिज्य संघले स्थापनाका देखि नै आर्थिक रुपान्तरणका लागि यहाँ सम्भावनाहरुलाई मुद्धाको रुपमा उठाउँदै आएको छ । यस क्षेत्रलाई देशकै आर्थिक हवको रुपमा विकास गर्न सकिन्छ । महाकाली नदीमा चार लेनको पुल निर्माण अन्तिम चरणमा छ । दोधराचाँदनीमा एकिकृत भन्सार जाँच चौकीसहित सुक्खाबन्दरगाहको कामलाई तत्काल सुरु गर्नुपर्छ । महाकाली करिडोरको कामलाई प्राथमिकता दिनुपर्छ ।
सुक्खाबन्दरगाहलाई महाकाली करिडोरमार्फत चिनसँग जोड्नु पर्छ । दैजी–छेला औद्योगिक क्षेत्रमा उद्योग स्थापना हुने वातावरण चाँडो मिलाउनु पर्छ । त्यहाँ उत्पादन भएको वस्तुहरुलाई महाकाली करिडोरमार्फत विश्वकै ठुलो जनसंख्या रहेको चिन र भारत हुदैँ सामुद्रीक नाकाबाट अन्य देशहरुमा निर्यात गर्न सकिन्छ । सुक्खाबन्दरगाहसम्म सडक निर्माणका लागि भारतले काम गरिरहेको छ । नेपालतर्फबाट पनि त्यसको सुरुवात हुन जरुरी छ । दोधराचाँदनी सुक्खाबन्दगाहसँगै टे«ड फ्रि जोन स्थापना गर्नुपर्छ । त्यसले गर्दा मल्टीनेसनल कम्पनीहरुले कच्चा पदार्थको भण्डारणका लागि यस क्षेत्रलाई प्रयोग गर्छन् । साना व्यवसायीले विदेशबाट ठुलो परिणाममा कञ्चा पदार्थ किनेर उद्योग खोल्न सक्ने अवस्था हुदैँन् । यदि टे«ड फ्रि जोन स्थानपा गर्न सकियो भने नेपालमै कच्चा पदार्थ आयात गरि विदेशी वस्तु उत्पादन गरेर निर्यात गर्न सक्छौँ । यसले रोजगारी र औद्योगिकरणको विकास गर्छ ।
त्यस्तै यस क्षेत्रमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, झिलमिता ताल, वेदकोट ताल लगायतका पर्यटकीय क्षेत्रमा पर्यटक आउने पुर्वाधार र सुविधा हुनुपर्छ । मझगाँउ विमानस्थललाई सिघ्र निर्माण हुनसके यहाँको पर्यटन उद्योगलाई गति दिन सकिन्छ । सरकारले निजि क्षेत्रलाई उत्साहित हुने वातावरण बनाउनु प¥यो । सुदूरपश्चिममा प्रस्तावित आयोजनाको मात्रै कार्यान्वयन हुने भने पनि यसले समग्र देशकै अर्थतन्त्रमा ठुलो फड्को मार्ने निश्चत छ । ती सम्भावनाहरु सुदूरपश्चिमसँग छन ।
–महोत्सवबाट के–कस्ता अपेक्षा राख्नुहुन्छ ?
‘कृषी उत्पादन र स्वरोजगार,आर्थिक समृद्धीको आधार’ भन्ने महोत्सवको मुल नारा नै रहेको छ । खास गरेर यस क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउने र स्थानीय उपजहरुको बजारीकरण तथा प्रवद्र्धन गर्ने हाम्रो ध्येय हो । संघले विगतदेखि महोत्सव लगायतका विभिन्न फोरमबाट उहाँका आर्थिक विकासका एजेण्डाहरुलाई उठाउँदै आएको छ ।
चार घण्टा मात्रै खुल्ने वनबासा पुललाई संघकै पहलमा अहिले सात घण्टासम्म खुला भएको छ । महाकाली चार लेनको पुल निर्माण, दैजी–छेला औद्योगिक क्षेत्रको निर्माणका लागि संघले बारम्बार पहल गदैँ आएको थियो ।
अहिले पुल निर्माणको काम अन्तिम चरणमा छ । छेला औद्योगिक क्षेत्रको पनि शिलान्यास भईससकेको छ । संघले महोत्सवको उद्धघाटन अतिविशिष्ट व्यत्तिहरुबाट गराउने गरेको छ । त्यसको एउटै उद्देश्यको हो, यहाँ आर्थिक मुद्धाहरु राज्यले सुनोस् सम्बोधन गरोस भन्ने । उहाँहरुले स्थलगत रुपमा योजना बुझेर जादाँ त्यसको कार्यान्वयनमा पनि सहज हुन्छ । महोत्सव उद्धघाटन कै क्रममा प्रधानमन्त्रीले महाकाली पुल, सुक्खाबन्दरगाह र दैजी–छेला लगायतका सुदूरपश्चिमका आर्थिक क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।
अवलोकनपछि ती योजना कार्यान्वयनमा जानेमा हाम्रो विश्वास छ । कोरोना संक्रमणपछि थलिएको व्यवसायको पुर्नर उत्थान गर्नेर व्यवसायीहरुमा उर्जा थप्ने महोत्सवको प्रयास रहनेछ । १० दिन सम्म चल्ने महोत्सवलाई सफल बनाउन स्थानीय, व्यवसायीलगायत सरोकारवाला निकाय सबैको सहयोग पाउने अपेक्षा गरेका छौँ ।