‘संघले उठाउँदै आएका आर्थिक मुद्धाहरु स्थापीत हुदैँ गएका छन’

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै यस क्षेत्रका आर्थिक रुपान्तरणका मुद्धाहरु उठाउँदै आएको छ । २०३९ सालमा स्थापना भएको संघले सुदूरपश्चिमको आर्थिक विकासको लागि महत्वपुर्ण मानिएको योजना कार्यान्वयनका लागि पहलकदमी गर्दै आएको छ । उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जंग बहादुर मल्लले संघले उठाँउदैँ आएको आर्थिक मुद्धाहरु केही कार्यान्वयनको चरणमा रहेको र केही पाईप लाईनमा रहेको बताउँछन् ।

संघकै पहलमा वनबासा पुललाई चारदेखि सात घण्टासम्म खुला गर्न भारतीय पक्ष तयार भएको उनले बताए । उद्योग वाणिज्य संघले महाकाली नदीमा पक्की पुल निर्माण, दोधराचाँदनीमा सुक्खाबन्दरगाह, दैजी–छेला औद्योगिक क्षेत्र स्थापना, महाकाली करिडोर निर्माणको काम समयमै सम्पन्न गरि कञ्चनपुरलाई त्रिदेशिय नाकाको रुपमा विकास गर्नु पर्ने माग राख्दैँ आएको थियो ।
महाकाली नदीमा पक्की पुल निर्माणको काम अन्तिम चरणमा छ भने दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गरिएको छ । ‘कञ्चनपुर आर्थिक समृद्धीको ठुलो सम्भावना बोकेको क्षेत्र हो ।’ निवर्तमान अध्यक्ष मल्लले भने ‘हामीले स्थापनाकादेखि यस क्षेत्रको सम्रग आर्थिक विकासका मागहरुलाई उठाउँदै आएको छौँ, त्यसमा केहि सम्बोधन भए केही पाईपलाईनमा छन् भने केही योजनाका लागि अझै पहल गर्नुपर्ने आवश्यकता छ ।’
संघले वर्षेनी गदैँ आएको महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउने उनले बताए । १३ वटा व्यापार मेला र दुई वटा ईन्डो व्यापारमेलाको अनुभव लिएरका निवर्तमान अध्यक्ष मल्लले मेलाले स्थानीय उत्पादनको बजारीकरणदेखि व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए । ‘महोत्सवले मनोरञ्जनका लागि मात्रै नभएर यसले उपभोक्तालाई नयाँ प्रविधि र उत्पादनबारे जानकारी दिन्छ ।’ उनले भने ‘ ‘महोत्सव जस्ता कार्यक्रमले यस क्षेत्रका आर्थिक सवालहरुमा राज्य ध्यान पनि तान्छ, जसले गर्दा कार्यान्वयनका लागि सरकार दवाब पनि सिर्जना हुन्छ ।’ साथै महोत्सवले कोरोनापछि सुस्ताएका आर्थिक गतिविधि बढ्ने उनको विश्वास छ ।

त्यस्तै उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेश रावलले पनि वाणिज्य संघले उठाउँदै आएका आर्थिक मुद्धाहरु स्थापीत भएको बताए । उनले सुदूरपश्चिमकै आर्थिक विकाससँग जोडिएका आयोजनाको कार्यान्वयन जोड दिनुपर्ने बताए ।
संघले लगाउँदै आएका महोत्सवले स्थानीय तथा नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्दैँ आएको बताए । ‘मेला महोत्सवहरुले स्टलहरुको मात्रै नभई यस क्षेत्रका समग्र गतिविधमा प्रभाव पार्छ ।’ उनले भने ‘महोत्सव अवधिमा यातायात, पर्यटनलगायतको क्षेत्रको पनि व्यवसाय पनि वृद्धी हुन्छ, उभोक्ताका फ्लो बढ्दा आर्थिक कारोबार बढ्छ ।’
त्यस्तै उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हेमराज पाण्डेले पनि वाणिज्य संघका मुद्धाहरु स्थापीत भएको बताए । उनले निजि क्षेत्रले यहाँको आर्थिक विकासका लागि आवश्यक योजनाको बारेमा बेला–बेलामा सहरकारलाई ध्यानार्कषण गराउँदै आएको बताए ।
संघले स्थापनाकालदेखि नै कञ्चनपुरलाई त्रिदेशिय नाकाको रुपमा विकास गर्नुपर्छ भनेर सरकारसँग माग गदैँ आएको हो । उनले भने ‘त्यसका लागि महाकाली नदीमा पक्की पुल, दोधराचाँदनीमा सुक्खा बन्दरगाह, महाकाली करिडोर, दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाको माग निजि क्षेत्रले राख्दैँ आएको थियो ।’ उनले अगाडी थपे हाम्रा मागहरु सरकारले आपनत्व ग्रहण गरेको छ, त्यसमा केहीको काम सुरु भएको छ, केही प्रक्रियामा छन् ।’ त्यस्तै वनबासाको पुल खुलाउन पनि संघले दुई देशको संयन्त्रमार्फत पहल गरेको उनको भनाई छ । साथै संघले आयोजना गर्ने मेलाले यस क्षेत्रका आर्थिक मुद्धाहरुलाई सशक्त बनाउने उनको बुझाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्