भीमदत्त र दोधराचाँदनीलाई उप–महानगर बनाउन छलफल सुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त र दोधरा चाँदनी नगरपालिकालाई उप–महानगर बनाउन छलफल सुरु भएको छ ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान डा. दिपक प्रकास भट्टले दुई पालिकालाई मिलाएर उप–महानगर बनाउन छलफल सुरु गरेका छन् । भट्टकै अगुवाईमा सोमबार स्थानीय तहका जन प्रतिनिधिलगायत सरोकारवाला निकायसँँग छलफल गरिएको हो ।
निवर्तमान सांसद भट्टले दुई पालिकालाई मिलाएर उप–महानगरपालिका बनाउन सरोकारवालासँग छलफल सुरु गरिएको बताए । दुई पालिका मिलाउँदा उप–महानगरका लागि आवश्यक मापदण्ड पुग्ने उनको भनाई छ ।
‘पछिल्ला तथ्याङ्क अनुसार दुई पालिका मिलाउँदा उप–महानगर बनाउन आवश्यक मापदण्ड पुग्छ ।’ उनले भने ‘हामी संवादमै छौँ, यसका लागि सबै क्षेत्रबाट बहृत रुपमा छफलफ हुन जरुरी छ ।’ उप–महानगर बनेपछि यस क्षेत्रले विकास र समृद्धि ठुलो फड्को मार्ने उनको विश्वास छ ।
उनले उप–महानगरका लागि आवश्यक पुर्वाधारमा यहाँको जनसंख्या, सुदूरपश्चिम विश्वविद्यालय, निर्माणाधिन मझगाँउ विमानस्थल, व्यापारिक नाका(दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीबाट महाकाली करिडोर), महाकाली नदीमा विशिष्ट सौन्दर्यको झोलुङ्गे पुल, आठ सय मिटर लम्बाईको चारलेनको महाकाली पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्धार, महाकाली प्रादेशिक अस्पताल(प्रस्तावित मेडिकल कलेज), सञ्चालनको तयारीमा रहेको सिटी सेन्टरलाई महत्वुपुर्ण पुर्वाधारको रुपमा औल्याएका छन् । साथैै बहुउद्देश्यीय रंगशाला, सांस्कृतिक केन्द्र र दोधरा चाँदनीमा विशेष आर्थिक क्षेत्र(सेज) निमार्ण गर्नुपर्ने पनि उनले बताए ।
छफलमा कञ्चनपुरका समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका प्रमुख पदक बोगटी, दोधराचाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, निर्वतमान प्रदेश सभा सदस्य लाल बहादुर खड्का, भीमदत्तका निवर्तमान नगरप्रमुख सुरेन्द्र विष्टलगातयको सहभागीता रहेको थियो । दुई सय २६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भीमदत्त र दोचाँदनीको जनसंख्या २०२१ को जनगणना अनुसार एक लाख ६६ हजार छ सय ५९ रहेको छ ।
स्थानीय तह सञ्चालन ऐन अनुसार उप– महानगर हुनका लागि दुई लाख जनसंख्या, वार्षिक २५ करोड आन्तरिक आय, राष्ट्रिय स्तरको रंगशाला, उच्च स्तरिय शिक्षण संस्था, विद्युत, सञ्चार तथा खानेपानि, पक्की सडक, एक सय शैयाका अस्पताल, एकिकृत फोहरमैला प्रशोधन केन्द्र लगायतका पुर्वाधार आवश्यक पर्छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्