निड्स नेपालद्धारा स्थापना दिवसको अवसरमा शैक्षिक र खाद्यान्न सामाग्री सहयोग

महेन्द्रनगर । कञ्चनपुरस्थित केन्द्रीय कार्यालय रहेको सामाजिक संस्था निड्स नेपालले विद्यालयलाई शैक्षीक र खाद्य सामाग्री सहयोग गरि स्थापना दिवस मनाएको छ । शनिबार कैलालीको गोदावरी नगरपालिका–२ स्थित सुप समावेशी आधारभुत विद्यालयलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग निडसले आफ्नौ २४ औँ स्थापना दिवस मनाएको हो ।

निडस नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले विगतका वर्ष झै असहाय र तथा सामाजिक संस्थाहरुलाई सहयोग गरि स्थापना दिवस मनाएको बताए । उनका अनुसार निड्सले फरक क्षमता भएको बालबालिकाहरुलाई आवाशिय सेवा सहितको शिक्षा दिईरहेको सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री र खाद्यान्न सहयोग गरिएको बताए ।

विद्यालयमा रहेका फरक क्षमताका बालबालिकाका लागी ३० हजार ४ सय ३५ रुपैयाँ बराबरका सामग्रीहरु सहयोग गरिएको छ । जसमा ४ कट्टा चामल, २२५ थान कपी, ५०० थान पेन, १५० थान पेन्सिल, २५ दर्जन कलर, १० किलो मिक्स दाल, ५ पाकेट खानेतेल, ५ पाकेट नुन, ५ किलो चिनि, ४ पाकेट मसला तथा फलफुललगायतका सामाग्री रहेका छन् ।

‘मानव अधिकार, सुशासन र सामाजिक न्यायमा पहरेदारी, दिगो विकास र समृद्धिका लागी पारस्परिक साझेदारी’ भन्ने मुल नाराका साथ स्थापित निड्स नेपालले सुदूरपश्चिमलाई कार्य क्षेत्र बनाएका विष्द्, उद्धार, पुर्व तयारी, जिविकोपार्जनलगायत सामाजिक रुपान्तरण र विकासमा काम गदैँ आएको छ । निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदलाई सहयोग सामग्री हस्तान्तरण गरे ।

सामग्री हस्तान्तरणपछि निडसकी अध्यक्ष खरेलले फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् । साथै निडसले फरक क्ष्मता भएका भएका बालबालिकालाई आवाशिय सेवा सहितको शिक्षा दिईरहेको विद्यालयलाई सरकारले पनि प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने बताईन् ।

त्यस्तै कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष साउँदले विद्यालयको स्थापनाकालदेखी हालसम्मको अवस्थाको बारेमा जानकारी दिदैँ सहयोगका लागि निड्स नेपाललाई धन्यवाद दिए । उनले विगत देखि नै निडसले सहयोग गदैँ आईरहेको बताउँदै अगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्