सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वास लिदैँ

धनगढी — सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको भएपनि गठबन्धनभित्रका दलहरुबीच मत दिने विषयमा अझै अन्तिम समझदारी नभइसकेको सांसदहरुले बताएका छन् ।
संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन भएको छ । माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मतका लागि २७ मत आवश्यक छ । गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा कांग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई नै साथ छ । तर माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिनुअघि शनिबार साँझ मुख्यमन्त्रीलाई भेटेर ‘पावरसेयरिङ’ को विषय निर्क्योल हुनुपर्ने बताएको कांग्रेस सांसद मेघराज खड्काले बताए । यस्तै, नागरिक उन्मुक्तिले दुई मन्त्रालय, २ राज्यमन्त्री र दुई संसदीय समितिमा सभापति माग गरेको कांग्रेस सांसदहरुले बताए ।
विश्वासको मत लिन बोलाइएको बैठकको समय नजिकिदै जाँदा नेताहरुले केन्द्रमा शीर्ष तहबाटै सबै छिनोफानो भएर सकुर्लर आउने बताएका छन् । नेता भट्टले भने, ‘हामी गठबन्धनबाहिर जाने कुरा हुँदैन तर कांग्रेसले भागबण्डामा स्पष्ट गर्नु प¥यो ।’ उनले केन्द्रबाटै सकुर्लर आउने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्