स्ववियु निर्वाचनको तयारीमा जुट्यो अनेरास्ववियु कञ्चनपुर

महेन्द्रनगर । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिएसँगै चुनावी चहलपहल सुरु भएको छ । कञ्चनपुरमा पनि विभिन्न राजनितिक दलका विद्यार्थी संगठनहरुले संगठन दर्ता गरि चुनावी तयारी थालेका छन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कञ्चनपुरले संगठन दर्तासँगै परिक्षणको कार्यक्रम पनि सुरु गरेको छ ।

शनिबार अनेरास्ववियु कञ्चनपुरले विशेष भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले जिल्लाका १५ क्याम्पसमा निर्वाचन प्रयोजनका लागि संगठन दर्ता गरिएको बताए । उनका अनुसार अनेरास्ववियुले सबै क्याम्पसहरु आफ्नो नेतृत्वको कमिटि चयन गर्ने उद्देश्यका साथ चुनावी तयारी थालेको छ ।

पार्टीको मिसन ग्रासरुट अभियानसँगै जोडेर गरिएको अनेरास्ववियुको विशेष भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा कैलाली ईन्चार्ज नारदमुनी राना, केन्द्रीय सदस्य नर बहादुर धामी, सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी, कञ्चनपुर पार्टी अध्यक्ष सुरेन्द्र विष्टलगायत नेताहरुले सम्बोधन गरेका थिए ।

एमाले नेताहरुले स्ववियु निर्वाचन जित्ने गरि चुनावी तयारीमा होमिन अनेरास्ववियुलाई निर्देशन दिएका छन् । त्रिवि अन्तरगतका क्याम्पसहरुमा चैत ५ गते स्ववियु निर्वाचन हुदैँछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्