आसन्न स्वतन्त्र विद्यार्थी युनियनलाई लक्षित गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु तयारीमा जुटेका छन् । आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचनमा सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीमा स्ववियु सभापति पदमा क्याम्पसमा अध्ययनरत दिब्य वीर योगीले पनि उम्मेदवारी दिने भएका छन् । अनेरास्ववियुको तर्फबाट सेटिगाउँ बहुमुखी क्याम्पस बैतडीमा स्ववियु सभापति पदका लागि दिब्य वीर योगीले आफ्नो उम्मेदवारी दाबी गरेका हुन् ।
अनेरास्ववियु बैतडीका जिल्ला सदस्य रहेका दिब्य सेटिगाउँ बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक व्यवस्थापन गर्न समेत ठुलो योगदान रहेको र क्याम्पसको बिकासको निम्ति आफू प्रतिबद्ध रहेको जानकारी गराउदै सभपतिको पदमा आफ्नो दाबी रहेको जानकारी दिए ।
सेटिगाउँ बहुमुखी क्याम्पसका विद्यार्थीहरु संग विभिन्न बिषयमा छलफल गरी विद्यार्थीहरुको चाहना र सुझाव सल्लाह बमोजिम आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताए ।
