टिकटक स्टार बर्माले खोले कपी उद्योग, महेन्द्रनगरमा स्टेसनरी सञ्चालन

महेन्द्रनगर । टिकटक स्टार तथा मोडेल अंशु बर्माले कपी उद्योग सञ्चालनमा ल्याएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का बर्माले आफ्नै कपी उद्योग सञ्चालनमा ल्याएका हुन् । पछिल्लो सयमको चर्चित सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएका बर्माले कपी उद्योगसँगै ‘बर्मा नोटबुक अल स्टेसनरी सलुशन’ पनि सञ्चालनमा ल्याएका छन् । स्टेसनरीको आईतबार उद्धघाटन गरिएको छ । बर्माले आमा बुवाबाट स्टेसनरीको औपचारिक उद्धघाटन गराएका हुन् ।

विद्यार्थीलाई न्युन मुल्यमा गुणस्तरीय नोट कपी उपलब्ध गराउने गरि उद्योग सञ्चालनमा ल्याएको टिकटिक स्टार बर्माले बताए । उनका अनुसार गुणस्तरीय शैक्षिक सामाग्रीले विद्यार्थीको शैक्षिक स्तर पनि राम्रो हुने भएकाले त्यसमा आफले योगदान गर्न चाहेको बताए । उनले उद्योग र स्टेसनरी सञ्चालनमा एक करोड बढी लगानी गरेको छन् । महेन्द्रनगरमा पहिलो स्टेसनरी सञ्चालनमा ल्याएको बताउदैँ देशभरिमा नै विभिन्न शाखा खोल्ने योजना रहेको पनि उनले बताए ।

कपी उद्योगमा नोट कपीसँगै रिकर्ड फाईल, रजिष्टर, डायरीलाई आवश्यक सामाग्री उत्पादन हुने बर्माको भनाई छ ।
साथै उद्योगबाट असहाय र गरिब बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने योजना रहेको पनि उनले बताए । बर्माले टिकटिकसँगै विभिन्न म्युजिक भिडियोहरुमा मोडलिङ पनि गरि सकेका छन् । उनले टिकटिकबाट हुने आम्दनीबाट सामाजिक काम पनि गदैँ आएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्