महाकाली करिडोरः १४ वर्षमा ११ प्रतिशत मात्रै काम, दुई अर्व बढी खर्च

११९ किलोमिटर ट्रयाक खोल्न अझै बाँकी
महेन्द्रनगर । सुदूरपश्चिमकै गौरवको सडक आयोजना हो, महाकाली करिडोर । त्रिदेशिय सडकको रुपमा विस्तार गरि सुदूरपश्चिमको आर्थिक विकासमा फड्को मार्ने परिकल्पना गरिएको महाकाली करिडोर आयोजनाको काम भने निकै सुस्त गतिमा भईरहेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोरको काम सुरु भएको १४ वर्ष बितिसक्दा पनि अझै एक सय १९ किलोमिटर सडकखण्डको ट्रयाक खुल्न सकेको छैन् । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर दोधारा चाँदनी हुँदै टिंकर जोड्ने सडक निर्माण आयोजनाको पुर्ण रुपमा ट्रयाक समेत खुल्न नसकेको हो ।
दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोडने गरि आर्थिक वर्ष २०६५\६६ बाट सुरु भएको करिडोर आयोजनाको काम सुस्त छ । ब्रह्मदेवदेखि दार्चुलाको तिखारपानीसम्म ३३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक आयोजनाले गरिरहेको छ ।

जसमा एक सय १९ किलोमिटर सडकखण्डको ट्रयाक खोल्न अझै बाँकी देखिएको हो । तिखारपानीदेखि टिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । ३३४ किलोमिटरमध्ये हालसम्म २१५ किलोमिटरमा ट्रयाक महाकाली करिडोर आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले आयोजना अन्तरगत विभिन्न सडक खण्डको बाँकी ट्रयाक खोल्ने काम भईरहेको बताए ।
कञ्चनपुर र डडेल्धुरामा पर्ने केही सडकखण्डको रुख कटान आदेश नपाउँदा ट्रयाक खोल्न ढिलाई भएको उनले बताए । उनका अनुसार डडेल्धुरामा पर्ने भेगेश्वर–सिमलटार सडकखण्डको ३१ किलोमिटरमा रुख कटान आदेश आएको छैन् । डेडल्धुरामा १० हजार चार ७६ रूख काट्नुपर्ने भए हालसम्म दुई हजार पाँच सय सय रुख मात्रै काटिएका छन् ।
त्यस्तै लामो समयदेखि रुख कटान आदेश नपाएको कञ्चनपुर खण्ड(ब्रह्मदेव–कराली)को भने केही दिन अघि मात्रै कटानी आदेश दिने निर्णय भएको आयोजना प्रमुख जोशीको भनाई छ ।

महाकाली करिडोरको डडेल्धुरास्थित परशुरामा खण्डमा काम हुदैँ ।

‘कञ्चनपुरको ११ किलोमिटर सडकखण्डको रुख कटान आदेश पाएका थिएनौँ ।’ उनले भने ‘केही दिन अघि बसेको मन्त्रीपरिषदको बैठकले रुख कटान आदेश दिने निर्णय गरेको छ ।, वन विभागसँग सम्झौता भएपछि रुख कटान कार्य सुरु हुन्छ ।’ यस सडकखण्डमा १९ सय ५१ रुख कटान हुनेछन् । आयोजना कार्यालयका अनुसार अहिले चार स्थानमा ३८ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ । आयोजना प्रमुख जोशीका अनुसार चार वटा प्याकेजअन्तर्गत असारमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ ।

डडेलधुराको परशुराम नगरपालिकामा पर्ने कुणादेखि सादनीसम्म ६ किलोमिटर, दार्चुलामा लेकम गाउँपालिकामा बेतदेखि उकुसम्म १२ किलोमिटर र खलंगादेखि उत्तर १०\१० किलोमिटरको दुई प्याकेजमा २० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भएको छ । भारत सरकारले रणनीतिक आयोजनाका रूपमा महाकाली किनारैकिनार चीन सीमासम्मै राष्ट्रिय राजमार्ग निर्माण गरिसकेको छ । तर नेपालतर्फ निर्माण हुन लागेको सडक आयोजनाको पुर्ण रुपमा ट्रयाकसम्म खुल्न सकेको छैन ।

चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको भएपनि म्याद थपका लागि प्रस्ताव गरिएको आयोजनाले जनाएको छ । १८ अर्व खर्च हुने अनुमान गरिएको यस योजनामा दुई अर्व बढी खर्च भईसकेको छ । भने हाल सम्म्म आयोजनाको ११ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षमा ४१ करोड रुपमा विनियोजना भएकोमा ४० प्रतिशत बजेट खर्च भईसकेको आयोजना प्रमुख जोशीले बताए । करिडोर निर्माण भए तराईदेखि दार्चुलासम्मको सडक यातायातको दुरी छोटिने छ । त्यस्तै महाकाली करिडोरलाई कञ्चनपुरको दोधराचाँदनी र दाुर्चलाको तिंकरसँग जोडर त्रिदेशीय सडक सडकको रुपमा अघि बढाईएको छ । यसले यातायातसँगै यस क्षेत्रको अािर्थक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्