महालक्ष्मी विकास बैंकको महेन्द्रनगर शाखाद्धारा अनाथालयलाई सहयोग

महेन्द्रनगर । महालक्ष्मी विकास बैंकको महेन्द्रनगर शाखाले अनाथालयलाई विविध सामाग्री सहयोग गरेको छ । शनिबार बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत महेन्द्रनगरको समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको हो ।

बैैंकका शाखा प्रर्वन्धक पहलमान ठकुल्लाले सामाजिक उत्तरदायित्व अन्तरगत अनाथालयलाई सहयोग गरिएको बताए । उनका अनुसार बैकले चालम, तरकारीलगायतका खाद्य सामाग्रीसँगै, कपी, कलम, झोला र अन्य स्टेसनरीका सामाग्री सहयोग गरेको छ । त्यस्तै टि–सर्टसँगै विभिन्न खेलकुदका सामाग्री पनि सहयोग गरिएको छ ।

विद्यार्थीलाई आवश्यक पर्ने खाद्यन्न लगायतका सबैजसो सामाग्री सहयोग गरिएको शाखा प्रर्वन्धक ठकुल्लाको भनाई छ । ‘हामीले नियमित रुपमा बैकिंङ कार्यसँगै सामाजिक उत्तरदायित्वका कामहरु पनि गदैँ आईरहेका छौँ ।’ शाखा प्रर्वन्धक ठकुल्लाले भने अनाथालयमा रहेका बालबालिकासँग राम्रो क्षमता हुन सक्छ, त्यसको प्रष्फुटनमा सहयोग पु¥याउन बैंकले आवश्यक सामाग्री सहयोग गरेको हो ।

साम्रागी सहयोग हस्तान्तरण कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल, भीमदत्त–४ का वडाध्यक्ष सुशिल भट्ट, बैंकका कर्मचारीलगायतको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्