विद्यालयदेखि समुदायस्तरमा नेपाल बैंकको वित्तिय साक्षरता कार्यक्रम

महेन्द्रनगर । नेपाल बैंक लिमिटेडको महेन्द्रनगर शाखाले बैंकिङ सेवासँगै वित्तिय साक्षरता कार्यक्रममा पनि जोड दिदैँ आएको छ । विगतदेखि नै नियमित रुपमा वित्तिय सारक्षरता गदैँ आएको बैंकले ग्लोबल मनी सप्ताहको अवसरमा पनि विद्यालय र समुदायमा कार्यक्रम गरेको हाे ।
बैंकले शुक्रबार महेन्द्रनगरस्थित सार्क स्कुलमा वित्तिय साक्षर कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले ग्लोबल मनी सप्ताह अन्र्तरगत वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार शुक्रबार नै भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित महिला समुहमा पनि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रम समुहका ४० बढी महिलाहरुको सहभागीता रहको थियो ।
वित्तिय साक्षरता कार्यक्रममा बैंक, बैकिङ कारोबार, निक्षप, बैंक खाता, शेयर बजार लगायतको विषयमा जानकारी दिईएको थियो । आम नागरिकलाई बैंकिङ सेवाकाे पहुँचमा जाेड्नका लागि कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख जाेशीकाे भनाइ छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्