सेटिगाउ बहुमुखी क्याम्पस स्वबियु कल्याणकारी कोषमा नबराज घरडीले गरे रु १५००० जम्मा

आज सेटिगाउँ क्याम्पस नब-निर्वाचित स्ववियुले डिलासैनी-६ सिर्से बगर मा बनभोज कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रम मा क्याम्पस प्रमुख,क्याम्पस सन्चालन समिती अध्यक्ष,प्राध्यापक ज्यूहरु,स्नातक तहका विद्यार्थीहरु,डिलासैनी गापा प्रबक्ता,वडा नम्बर-२ का अध्यक्ष ज्यू लगायत को उपस्थिति रहेको थियो।उक्त बनभोज कार्यक्रम मा नब-निर्वाचित स्ववियु लाई बधाई/शुभकामना ब्यक्त गर्दै डिलासैनी वडा नम्बर-२ का अध्यक्ष नवराज घरेडी ज्यूले स्ववियु कल्याणकारी कोष लाई आफ्नो ब्यक्तिगत तर्फबाट नगद रू१५०००(आक्षेरुपी रूपन्ध्र हजार) नगद हस्तान्तरण गर्नुभयो।साथै उक्त कार्यक्रम मा दुर्गा माबी सिमारका अध्यक्ष अर्जुन राना(सुमन) ज्यूले नब-निर्वाचित स्ववियु पदाधिकारी तथा सदस्य ज्यूहरु लाई मायाको चिनो स्वरुप एक-एक थान डायरी हस्तान्तरण गर्नुभयो।साथै उक्त कार्यक्रम को माध्यम बाट स्ववियु लाई शुभकामना र बधाई ज्ञापन गर्दै गाउँपालिका प्रबक्ता यज्ञ राज भट्ट ज्यूले कलेज र विद्यार्थी हरुका हरेक समस्याको समाधान गर्न स्थानिय सरकार सुक्ष्म योजनाका साथ अघि बढ्ने र गाउँपालिकाको एउटा मात्रै बहुमुखी क्याम्पसको बृहत्तर उन्नतिका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।साथै कार्यक्रम मा उपस्थित भएर स्ववियु लाई सहयोग गर्नुहुने र सहयोग गर्ने बचनबद्द्ता ब्यक्त गर्नुहुने सबै-सबै विशिष्ट महानिभाव हरुलाई स्ववियु को तर्फबाट स्ववियु उप-सभापती वीर बहादुर नाथ(दिब्यबिरले) धन्यबाद ज्ञापन गर्नुभयो।उक्त बनभोज कार्यक्रम मा स्थानिय विशिष्ट महानुभाव हरुको उपस्थिति रहेकोमा उपस्थित सबै विद्यार्थीहरुले खुशी ब्यक्त गरेका थिए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्