महेन्द्रनगरमा त्रिशक्ति सेक्युरिटीजको शाखा विस्तार, शेयर कारोबार सम्बन्धि सेवा दिने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड(शेयर कम्पनी) को शाखा कार्यालय खोलिएको छ । सोमबारदेखि भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड (शेयर कम्पनी)को शाखा कार्यालय सञ्चालन ल्याईएको हो । शेयर बजारका लगानीकर्ताहरुलाई सेवा प्रदानका लागि केन्द्रीय कार्यालय काठमाण्डौँ रहेको उक्त त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड (शेयर कम्पनी)ले पोखरापछि महेन्द्रनगरमा दोस्रो शाखा विस्तार गरेको हो ।


त्रिशक्ति सेक्युरिटीजका कार्यकारी अध्यक्ष टंक प्रशाद गौतमले शेयर बजारका लगानीकर्ताहरुलाई सेवा दिन महेन्द्रनगरमा शाखा कार्यालय खोलिएको बताए । उनका अनुसार कार्यालयले शेयर बजारका लगानीकर्तालाई सहज रुपमा गुणस्तरीय सेवा दिने प्रदान गर्नेछ । त्रिशक्ति सेक्युरिटीजले काठमाडौँमा ५० हजार बढी लगानीकर्ताहरुले सेवा दिईरहेको उनको भनाई छ । ग्राहकहरुको सहज रुपमा डिम्याट खाता तथा टेड्रिङ खाता खोले आवश्यक सेवा प्रदान गरिने त्रिशक्ति सेक्युरिटीजले जनाएको छ । त्यस्तै शेयर बिक्रि गरेको तेस्रो दिनभित्रै ग्राहकको खातामा पैसा जम्मा गरिने पनि त्रिशक्ति सेक्युरिटीजको दावि छ ।


महेन्द्रनगरको गल्ली नम्बर २ मा शाखा कार्यालय उद्घाटनसँगै बजारमा जनचेतनामुलक प्रभातफेरी पनि आयोजना गरिएको थियो । त्यस्तै त्रिशक्ति सेक्युरिटीजले सोमबार नै शेयर लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ ।
शेयरधनीहरुलाई पुँजी बजार सम्बन्धी ज्ञान अभिवृद्धिका लागि सचेतना गराईको त्रिशक्ति सेक्युरिटीजका कार्यकारी अध्यक्ष गौतमले बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख अतिथ्यतामा गरिएकामा बैक तथा वित्तिय संस्थाका प्रतिनिधि, शेयर लगानीकर्ता र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्