मिसन ग्रासरुटबारे एमाले कञ्चनपुरले समिक्षा गदैँ, प्रशिक्षणका लागि उपाध्यक्ष पौडेल आउँदै

महेन्द्रनगर । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल कञ्चनपुर आउने भएका छन् । पार्टीको मिसन ग्रासरुट अभियान अन्र्तगत नेता पौडेल कञ्चनपुर आउन लागेका हुन् । बिहिबार नेकपा (एमाले) कञ्चनपुरले आयोजना गर्ने जिल्लास्तरीय समीक्षा तथा प्रशिक्षण सम्बन्धी कार्यक्रमलाई उपाध्यक्ष पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै उनले पार्टिको मिसन ग्रासरुट अभियानको पनि जिल्ला स्तरिय समिक्षा तथा रिपोर्टिङ लिने छन् ।
चैत १६ गते हुने कार्यक्रममा मिसन ग्रासरुटमा खटिएका नेताहरुले कार्य प्रगति प्रस्तुत गर्ने नेकपा एमालले कञ्चनपुरका कार्यालय सचिव अर्जुन कार्कीले बताए । उनका अनुसार कार्यक्रममा केन्द्रीय कमिटीको योजनाअनुसार सञ्चालित मिसन ग्रासरुट (संगठन सुदृढीकरण तथा विस्तार अभियान) को कञ्चनपुर जिल्लास्तरीय समीक्षा गरिने छ भने उपाध्यक्ष पौडेलले विशेष प्रशिक्षण दिने कार्यतालिका रहेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघको सभाहलमा हुने कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला प्रतिनिधि, पालिका कमिटीका पदाधिकारी, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, जनसंगठनका जिल्ला इन्चार्ज र जिल्ला अध्यक्ष लगायत पार्टीको ९२ वटै वडा कमिटीका अध्यक्षहरुलाई आमन्त्रण गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्