मिसन ग्रासरुटः नेकपा एमाले कञ्चनपुरले ग¥यो जिल्लास्तरिय समिक्षासहित प्रशिक्षण

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पार्टीले सञ्चालन गरेको केन्द्रीय अभियान मिसन ग्रासरुटबारे जिल्ला स्तरिय समिक्षासहित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको उपस्थितिमा एमाले कञ्चनपुरले प्रशिक्षणसहित अभियानको समिक्षा गरेको हो ।

मिसन ग्रासरुट जिल्ला स्तरिय समिक्षा र प्रशिक्षण कार्यक्रममा पालिका सहजकर्ताहरुले अभियानको आवधिक रिर्पोटिङ गरेको थिए । एमालेले सबै पालिकामा जिल्ला तहका नेताहरुलाई नौ वटै पालिकामा सहजर्ताको रुपमा खटाएको छ । त्यस्तै कार्यक्रम अभियानका केन्द्रीय प्रतिनिधिहरुले पनि अनुभवसहित अभियानबारे समिक्षात्मक मन्तव्य राखेका थिए ।

नेता–कार्यकर्तालाई प्रशिक्षण दिदैँ पार्टीका केन्द्रीय उपाध्यक्ष पौडेलले गुट र पार्टीमा लाईन संघर्ष त्याग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले एमालेले जिल्ला स्तरीय समीक्षा तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पार्टीभित्र अन्तरविरोध बढेकोले यसलाई समयमै व्यवस्थापन गर्नु पर्ने बताए । ‘एमालेलाई कुनै पनि राजनीतिक दलले चुनाव हराउन सक्दैन, एमालेलाई एमालेले नै चुनाव हराइरहेको छ,’ उनले भने, ‘कञ्चनपुरमा अन्तविरोधले चुनाव हारिएको हो, यसलाई समयमै व्यवस्थापन गर्नु पर्छ।’

पार्टी निर्माण र गुट बनाउने काम सँगसँगै नहुने उनले बताए। ‘पार्टी बनाउने र गुट बनाउने काम सँगसँगै अगाडि बढ्न सक्दैन, पार्टी बनाउने हो भने गुट भत्काउनु पर्छ,’ उनले भने, ‘गुट बनाउन थाल्नुभयो भने पार्टी ध्वस्त हुन्छ, त्यसैले पार्टीलाई बलियो बनाउन गुट भत्काउनु जरुरी छ।’

ग्रासरुट अभियान अन्तर्गत नेता कार्यकर्तालाई दिएको जिम्मेवारी अनुसार काम गरेर नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनु पर्ने उनको भनाई थियो। सुखी नेपाली, समृद्ध नेपालका लागि देशलाई आफ्नो नीति अनुसार अगाडि बढाउनका लागि नेकपा एमाले बलियो हुनु आवश्यक रहेको नेता पौडेलले बताए । उनले अहिलेको सत्तारुढ गठबन्धन लामो समय नजाने टिप्पणी समेत गरे । कार्यक्रममा एमालेले केन्द्रीय सचिव लेखराज भट्टले पनि नेता–कार्यकर्तालाई गुट त्याग्न निर्देशन दिएका छन् ।

उनले पार्टी र नेता कार्यकर्तामा रुपान्तरण आवश्यक देखिएकाले मिसन ग्रासरुट अभियान सञ्चालन गर्नु परेको बताउँदै पार्टीलाई बलियो बनाउन सबै नीति र नेतृत्वको पक्षमा एकढिक्का हुन अपील समेत गरे । त्यस्तै एमालेले नेता कर्ण बहादुर थापाले पनि नेताहरुका कारण कार्यकर्ता र पार्टी पंङ्त्तिमा विभाजन हुन नदीने समझदारी बनेको पनि दावी गरे । उनले एमालेको मार्ग निर्देशक सिद्धान्त जबजलाई आत्मसाथ गरि पार्टी निर्माण लाग्नु कार्यकता निर्देशन दिए ।


त्यस्तै एमाले सुदूरपश्चिमका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटको उद्देश्य प्राप्ती हुने गरि काम गर्ने प्रतिवद्धता पनि जनाए । साथै अभियानको क्रममा पार्टी र नेता–कार्यकर्ताका समस्याहरुको पहिचान गरि समाधान पनि खोजिने उनले दावि छ ।
अभियानले जनतामा एमालेले प्रति उत्साह बढाएको एमालेले कञ्चनपुरको ठहर छ । पार्टी अध्यक्ष सुरेन्द्र विष्टले समिक्षाबाट आएका सुझावलाई ग्रहण गरि थप शसक्त रुपमा अभियानलाई निरन्तरता दिईने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्