राष्ट्रिय टिमका क्रिकेट खेलाडी दिपेन्द्र र भीमलाई लिटिल बुद्ध एकेडमीद्वारा नगद सहित सम्मान

महेन्द्रनगर । राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई लिटिल वुद्ध एकेडमीले सम्मान गरेको छ । 
 विश्वकप क्रिकेटको छनोट चरणमा पु¥याउन सफल भीमदत्त नगरपालिकाका दुई खेलाडी दिपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई विद्यालयले जनहि रु २५ हजार सहित सम्मान गरेको हो । विद्यालयका प्रिन्सीपल  श्याम सिंह मौनी र व्यवस्थापन समितिका अध्यक्ष प्रेम खातीले लगायतले खेलाडीलाई सम्मान गरे ।
लिटिल वुद्ध एकेडमीका प्रिन्सीपल श्याम सिंह मौनीले खेलकुदका माध्यमबाट राष्ट्रलाई महत्वपूर्ण योगदान गर्ने कञ्चनपुरका खेलाडीलाई विद्यालयले प्रोत्साहन स्वरुप सम्मान गरेको बताए । “हाम्रो विद्यालयले आफै पनि क्रिकेटको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्न विभिन्न समय क्रिकेट प्रतियोगिता आयोजना गरिराखेको हुन्छ ।” उनले ।” उनले भने–“राष्ट्रिय टोलीमा रहेर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गृह नगर आएका बेला सम्मान गरेका हौ ।” 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्